महासंघको आगामी कार्यकालकालागि तिवारी, खड्का र कुशवाहाको उम्मेदवारी

वीरगंज, १७ फागुन ।
फागुन २१ गते हुन लागेको नेपाल पत्रकार महासंघ पर्साको अधिवेशनकोलागि नेपाल प्रेस युनियन पर्साले अध्यक्ष, सचिव र कोषाध्यक्षको उम्मेदवार चयन गरी उम्मेदवारी घोषणा गरेको छ ।
प्रेस युनियनका पर्सा अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईका अनुसार युनियनबाट अध्यक्ष पदका लागि अशोक तिवारी, सचिवमा युवराज खड्का र कोषाध्यक्षमा विजय कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
अन्य उम्मेदवारहरुको बारेमा आन्तरिक छलफल गरि यथाशिघ्र घोषणा गरिने अध्यक्ष भट्टराईलाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाबाट सभासदका उम्मेदवार श्रीराम रायमाझीले क्राइम चेकलाई बताए ।
यसैगरी प्रेस चौतारीबाट श्याम बञ्जाराले महासंघ पर्साको नेतृत्वकोलागि उम्मेदवारी दिने जानकारीमा अाएपनि प्रेस चौतारीले यसको आधिकारिक घोषणा भने गरेको छैन ।

SHARE THIS

Author:

Facebook Comment