ईलाका प्रहरी कार्यालय जितपुर बाराले दुइ वटा चोरीको मोटरसाइकल सहिँत पक्राउ परेका तीन जनालाइ शनिवार बिहान पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरिक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटेको प्रहरी टोलीले ना.१८.प.३८०७ नं.को यामाहा ग्लाडिएटर र बि.आर.५.सी.७०५२ भारतीय नं.को स्प्लेन्डर मोटरसाइकल सहिँत जीतपुर वडा नं.३ स्थित मदर्शाटोला बस्ने वर्ष १८ को नाजिर महमद , वर्ष १६ को शेख चांनमहमद र २२ बर्षिय शेख सेराजलाइ पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।गत बिहिवारका दिन तीन जनाले एक भारतीय नं.को मोटरसाइकलमा सवार भइ बिरगंज तर्फ जाँदै गरेको अवस्थामा रोकेर सोध–पुछका लागि जीतपुरको प्रहरी कार्यालयमा राखेर थप अनुशन्धान गर्दै जाँदा उनीहरु सवार भएको मोटरसाइकल चोरीको रहेको पुष्टि भएको र प्रहरी समक्ष
दिएको बयानका आधारमा भारतीय सिमावर्ती सहर रक्सौल स्थित एउटा फुसको झोपडीमा परालले छोपेर लुकाइएको अवस्थामा ना.१८.प.३८०७ नं.को यामाहा ग्लाडिएटर मोटरसाइकललाइ बरामद गरिएको प्रहरी नायाव निरिक्षक कुशवाहाले बताउनु भयो । पक्राउ पेरका तिनैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालयमा पठाईने ईलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।