छिटो भएन बैद्यबा ?

 -जनकमान डङ्गोल,janakdangol@gmail.com
बिनोद चौधरी अर्थात नेपालको खर्बपति ! नेपालको दोश्रो चाउचाउ कम्पनि लगायत विभिन्न कम्पनिको मालिक ! विश्वमै बद्नाम GM food लाइ मोसान्टो नामाकरण बाट विभिन्न बिउ बिजनलाई नेपाल सरकारले समेत देसमा भित्र्याउन हिम्मत नगरेको बेलामा तरल राजनीतिको फाइदा उठाउँदै भित्र्याउन सफल भएका रहेछन ! एक कान, दुइ कान, मैदान हुँदै जब उनको योजना मिडिया मार्फत छताछुल्ल भो त्यस पश्चात सुरु भो पत्रपत्रिका देखि सामाजिक संजाल समेतमा बिरोधको सिलसिला, अन्त्यमा बाध्य भएर म अब देखि त्यो बिउ बेच्दिन भन्ने बक्तब्य निकाल्नु पर्यो ! यो त भयो आज भन्दा केहि महिना अगाडी सुरु भएको घटनाक्रम !
हाम्रा महान क्रान्तिकारी पार्टीका नेताहरुका गुरुदेव अर्थात एमाओबादी बाट अलग्गै पार्टी ड्यास माओबादी नामको पार्टी बनाएर उक्त पार्टीको हर्ताकर्ता बन्नु भएको कामरेड मोहन गोपाल बैद्यज्युले भर्खर मात्र मोसान्टो बिउको बारेमा सुन्नु भएछ क्यार त्यसैले हाल तराइको जिल्ला जिल्लामा जनचेतना जगाउने उद्धेश्यले उहाँको अति प्रिय चेला हाल एमाओबादी को सुप्रिमो प्रचण्ड भनिने क.पुष्पकमल दाहालज्युको गृह जिल्लाबाट 'मोसान्टो बिउ प्रयोग गर्नु हुन्न है" भन्ने कार्यक्रम सुरु गर्न लाग्नु भएको रहेछ !
हाम्रो गाउँ घरमा चलन चल्तीको उखान छ 'मरे पछि ओखती गरेर के फाइदा' ! जब मोसान्टो बिउ विवादले बितेको महिना पुरै स्वदेस तथा बिदेसमा तरंग मच्चाएको त्यो बेला बिरोधि पार्टीको नेताले उक्त घटनाको बारेमा थाहा नपाएकै हो त ? अब त सर्बोच्च अदालतले समेत उक्त बिउ बिजन बिक्रीमा पूर्ण प्रतिबन्ध लगाई सकेको छ भने प्रविधिको कारणले गर्दा यतिखेर नेपालको जनता सुचना लिने र दिने कार्यमा सक्षम भै सकेको हुँदा जुन चिजको जुन बेला आबस्यक पर्छ त्यो बेला प्रयोग गरिएन भने त्यो चिजको के महत्व बैद्य बा ?
बि.स.२०७० माघ ११ गते सनिबार !

SHARE THIS

Author:

Facebook Comment