बारा, १२
माघ । जिल्ला प्रशासन कार्यालय बाराले पासपोर्ट आए नआएको बारे जानकारी दिने फोन सेवा शुक्रबारदेखि संचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो सेवा बारे जानकारी दिँदै बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले सर्वसाधारणको सुविधाका लागि नोटिस बोर्ड सर्विस नामक सो सेवा संचालनमा ल्याइएको जानकारी गराए ।
पासपोर्ट फर्म भरिसकेपछि कुन समयसम्मको पासपोर्ट आइसक्यो भन्ने जानकारी सो सेवाको नम्बर १६१८०५३५५०४३३ मार्फत प्राप्त गर्न सकिने प्रजिअ भट्टराईले बताए । उनले सो नम्बरमा एकैचोटीमा जति जनाले पनि जानकारी प्राप्त गर्न सक्ने बताए ।