हतियार र गोली सहित पक्राउ

बाँके, १२ माघ । दाङ जिल्ला घोराही नगरपालिका–११ बस्ने ३४ बर्षीय अम्मर पुन मगरलाई प्रहरीले कटुवा पेस्तोल १ थान र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले पुष्पलाल चोक नजिक रहेको दंगाली होटलको कोठा नम्वर ७ मा बसेका उनलाई उक्त पेस्तोल र गोली सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



SHARE THIS

Author:

Facebook Comment