धेरै उम्लियो भने पोखिन्छ !



– जनकमान डंगोल
 नेपालीमा एउटा उखान छ ‘धेरै उम्लियो भने पोखिन्छ’ यो उखान नेपालको सत्ता हाक्ने शासक,पार्टी तथा राज नेताहरुमा सतप्रतिसत लागु भएको पाइन्छ ! धेरै टाढा नजाउँ १०४ बर्ष देशमा हुकुमी शासन गर्ने राणाहरु अरुको कारण नभएर आफ्नै कारणले पतन भएको थियो अर्थात सत्ताको उन्मादले उम्लेको राणाशाहीलाइ जनताले पोखेर देखाई दिए ! त्यहि राणाशासन लाइ बिस्थापित गराएर देसमा प्रजातन्त्र घोषणा भयो तर ८ बर्ष टिकेन ! त्यस पछी देशमा पंचायत लागु भयो ३० बर्ष भन्दा टिक्न दिएनन ! २०४६ सालमा पुन: प्रजातन्त्र लागु भयो !

जनताले अत्याधिक बहुमत दिएर शासन गर्न पठाएको नेपाली कांग्रेसलाइ राजसी शुख सयल पचेन आफु आफूमै छत्तीसे र चौहत्तरे बन्दै एक आपसमा झगडा गरेको फल २०५१ को मध्यावधिमा भोगेकै हुन ! उम्लेका थिए पोखाइ दिए जनताले ! यहि घटना बाट पाठ सिक्नु पर्नेमा देसमा पहिलो पटक गठन भएको कम्युनिस्ट सरकारको मुखिया पार्टी नेपाल कम्युनिस्ट पार्टी एमालेमा पनि पुन: कांग्रेसकै रोगले समात्यो ! २०५६ को निर्वाचनमा एमालेलाइ पनि जनताले देखाई दिए, उम्लेका थिए पोखाइ दिए !

हत्या र हिंसाको राजनीतिबाट शिहदरबार पसेका कम्युनिस्ट घटककै उग्रपन्थी
सोच पालेका माओबादी नामधारी पार्टीले २०६४ सालको चुनावमा ठुलो पार्टी बन्ने गौरब प्राप्त गर्यो तर कुन धरातल बाट सत्तामा आएका थियौ र सत्तामा पुगे पछी के गर्नु पर्छ भन्ने मुल्य र मान्यतालाइ चटक्कै बिर्से ! कथित जनयुद्द भन्दै हज्जारौ हजारको रगत, आँसु र पसिनाको मुल्यको कदर नगरी जहानियाँ राणा शासनलाइ पनि मात दिंदा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा नम्बर १ बाट नम्बर ३ मा पुगे !

नेपालमा पंचायत फालेर प्रजातन्त्र र लोकतन्त्र आएको समयलाई जोड्दा २४ बर्ष पुरा हुन लागि सक्यो तर माओबादी पार्टीमा जस्तो चरम राजनैतिक र आर्थिक बिचलनमा अग्रस्थानमा आउछ भनेर कसैले पनि सोचेका थिएनन ! मौका नपरुन्जेल चरो र मौका परुन्जेल बन्चरो चरित्र त सबै पार्टीका नेताहरुले बोकेका छन ! जनताको भाग्य बदल्छौ देसको मुहार फेर्छ्म भन्थे ति सबै मिथ्या रैछ ! ६ बर्षमा यति नराम्रो सित पराजयको स्वाद चाख्नु पर्ला भनेर माओबादीहरुले कल्पना पनि गरेका थिएनन होला !
नेपालमा शासन गर्ने शासकले आफ्नो आसेपासे र सरकारी खुफियातन्त्रले दिएको कथित प्रतिबेदनको आधारमा बहुमत ल्याउछौ भनेर सपना देख्नु भनेको त्यो जस्तो ठुलो मुर्खता अरु के हुन्छ ? जनताको मनमा के छ ? जनता के चाहन्छन भन्ने कुरा समाजमा गएर बुझ्ने कि सरकारी खुफिया तन्त्र र आफ्नो आसेपासेले दिएको प्रतिबेदनलाइ आँखा चिम्लेर बिस्वास गर्ने ? हिजो यहि गल्ति नेपाली कांग्रेसका सभापति स्व.गिरिजा प्रसाद कोइरालाले गरे ! यहि गल्तीलाई आज आएर एनेकपा माओबादीले दोहर्याए ! चुनाव जित्न लाइ पहिला जनताको मन जित्नु पर्छ ! जनताको मन जित्नु भनेको जनताको दैनिक जीवनयापन सरला र सजिलोको लागि महंगी, सामाजिक सुरक्षा लगाएत विकास निर्माणको कुराहरु पर्दछ तर एमाओबादीले त्यो पुरा गरेर देखाए ?
सबै भन्दा अहँ र दम्भ पालेका मदेस्बादी नेता तथा जातिवादी पार्टीका नेताहरुले पनि यो निर्वाचनमा राम्रै सित पाठ सिकेका होलान ! धेरै उम्लेको फल त निर्वाचनमा भोगेको पराजयले पक्कै पनि देखेका होलान ! जब सम्म शिहदरबारमा बसेर दम्भले भ्यागुता फुलेका जस्तो गरि शासकहरु फुल्छन ! फेद बाट हैन टुप्पाबाट पलाउने जमर्को गर्छन, तिनलाई जनताले दिने संजाय भनेको नै निर्वाचनमा पराजित गरेर देखाई दिनु हो ! उखानै छ जस्तो जस्तो काम त्यस्तै त्यस्तै मान ! मान खान खोज्नेले जनताको भावनाको कदर गर्न पनि सिक्नु पर्दछ ! त्यसैले समयमै सम्पूर्ण पार्टीका नेता देखि तिनका कार्यकर्ताहरुमा चेत खुलोस !  अस्तु:
प्रकाशित मितिः२०७० मंसिर २० गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment