–स्वयम्भुनाथ कार्की
अधिल्लो संविधानसभाको निर्वाचनमा के के कुराको प्रयोग भयो भन्ने कुरा सम्झनेहरु अहिले पनि सम्झदै छन । विपरित परिस्थितिमा चुनाव लड्नु पर्छ र चुनाव लड्नु हुन्न भन्ने दोधारको विचमा अन्तमा चुनाव लडेर नै गणतन्त्र घोषणा कार्यान्वयनलाई सर्वसम्मत हुन नदिन राप्रपा नेपाल समर्थ भयो । सर्वसम्मत भएको भए राजाले नारायणहिटी छोड्दा म नेपाल छोड्दिन भनेर यत्रो आत्मविश्वासले भन्न सक्थे वा सक्दैन थिए त्यो केवल उनलाई नै थाहा होला । अब नेपालमा गणतन्त्र पछि राजाले देश छोड्छन र उनलाई आफ्नोमा ल्याएर राखेर दलाईलामा झै बना
यो आलेखले राप्रपा नेपालको गुणगान गर्न खोजेको पटक्कै होईन । तर निरपेक्ष भएर विचार गर्ने हो भने नेपालमा गणतन्त्रको एकलौटी धार मात्र नभएर राजसंस्थाको धारको पनि अस्तित्व छ भन्ने कुरा
विधिवत स्थापना गरेकै हो । तै पनि यो धार स्थापना गर्न सजिलो भएन, जनताको मनमा जे भए पनि सबै क्षेत्रमा यो धारलाई निषेध गरियो । यहासम्म कि दोश्रो निर्वाचनको सुचना दिने क्रममा सरकारी टेलभिजनमा भाग लिएका दलहरुको नाम देखाउदा पनि राप्रपालाई दुई पटक देखाएर राप्रपा नेपालको नाम नै गायव गर्ने प्रयत्न गरियो , झलक्क हेर्दा भुलवश छुट्न गएको देखिने यो काम वास्तव मै भुलवश थियो या नियोजित अहिले त्यसको बहसले कुनै तात्विक अर्थ दिदैन ।
जसरी पनि गणतन्त्र संस्थागत गर्ने ध्याउन्नमा लागेकाहरु भन्दा फरक राजसंस्था समर्थकहरुलाई हाम्रो समर्थन छ भन्ने कुरा राख्न भाँडोको काम गरेको हो । चाहे कसैलाई रुचिकर होस वा नहोस राप्रपा नेपालको सम्पूण अस्तित्व केवल धार्मिक स्वतन्त्रता, समान नागरिक अधिकार सहितको हिन्दु अधिराज्यमा मात्र छ जुन दिन यसले यसमध्ये कुनै एक छोड्ने छ त्यसदिन पछि राप्रपा नेपालको अस्तित्व कतै भेटिन कठिन हुनेछ । यो कुरा सर्वसाधारण लगायत यस दलका सवैलाई ज्ञात छ । यति हुँदा हुँदै यसले दुवै निर्वाचनताका आफुलाई कट्टर राजावादी दावी गर्ने व्यक्ति तथा समुहको प्रहार धेरै खप्नु परेको छ । यस्ता व्यक्ति वा समुहको प्रत्यक्ष वा परोक्ष सम्वन्ध शाही नातेदार, दरवारमा आवतजावतका कारणले राजाका निकट अनुमान गरिएकाहरु, राजाका कर्मचारीहरुसंग देखिने गर्दछ । आफ्नो यो सम्वन्ध छ भनेर देखाउने हरेक किसिमका उपाय यस्ताहरुबाट हुने गर्दछ ।
नेपालमा गणतन्त्रको धारको नेतृत्व माओवादीले गरेको छ , अन्तरिम संविधानको तेश्रो संसोधनमा उधारो गणतन्त्र केवल माओवादीको हठको कारणले सामेल भएको कुरा प्रमाणिक तथ्य हो । त्यस अबस्थामा यो प्रस्तावमा राप्रपा तटष्थ रहन खोजेको तर त्यसको मान्यता नहुने भनेपछि मन नलागी नलागी जसरी राप्रपा मतदानमा गएको प्रत्यक्ष टेलिभिजन हेरेर बसेका सबैले देखेकै हुन । यस अवस्थामा राजसंस्थाको धारको प्रतिनिधित्व आवश्यक परेको थियो । ठुला मानिएकाहरु सबै कुनाकाप्चा पसेका र धर्मर भएकाले यो धारले राप्रपा नेपाल र कमल थापालाई एक मात्र विकल्प भेटेको हो । अहिले आफुलाई राजसंस्थाका कट्टर समर्थक भन्नेहरु माओवादीका निकट भएर राप्रपा नेपाल माथि खनिनु आत्मघाती गोल नै हो । जनता भ्रममा पर्नु स्वभाविक छ किन भने यस्ता गुपहरुको संचालकहरु कुनै न कुनै किसिमले राजाका नजिकका भनेर जनताले चिनेकाहरु छन । अब यो कुरा हो वा हैन भन्ने कुरा स्वयं राजाले स्पष्ट नगरुन्जेल भ्रम कायम रहन्छ ।
विगतमा कमल थापालाई नरेन्द्र मोदीले फुलगुच्छा दिदै गरेको तस्विरले इन्टरनेटमा प्रसस्त स्थान पायो । नरेन्द्र मोदीको इशारामा कमल थापा भन्ने किसिमका टिप्पणीहरु यस्ता समुह वा समुहमा आवद्धबाट प्रशस्त भयो । कमल थापाले नरेन्द्र मोदीसंग भेट गर्नु हुन्थ्यो वा हुदैन थियो भन्नेमा पनि धेरै टिप्पणी देखियो । आफुलाई राजावादी भन्नेको यो कामले जनमानसमा राजाले स्वयं गुजरातमा महिना दिनभन्दा ज्यादा समय गुजारेको कुराले शंका पनि उप्जायो । गल्लि सडकमा केही चर्चा यस्ता पनि सुनिए कि राजा स्वयं गुजरातमा बस्दा नरेन्द्र मोदी र राजामा को कसको इशारामा चले होला । जसको नाममा समुह बनाईएको छ त्यसैलाई विवादमा ल्याउने यस्तो प्रयत्न गर्नेहरु राजसंस्थाका कत्तिका समर्थक हुन भन्ने कुरा चेतनशिल जमातले सोचे पनि साँच्चैको राजभक्त भने भ्रममा पर्नु स्वभाविक नै हो ।
यस्ता समुह वा व्यक्तिको तारो राजसंस्थाका समर्थकहरु नै हुने गरेका छन । गणतन्त्र समर्थकहरु संग त दुइ शव्द बोल्ने आफ्नो तर्क स्थापित गर्ने कुनै काम भएको जनताले अहिलेसम्म देखेका छैनन् । यो त अलि टाढाको कुरा भयो , विगत निर्वाचनमा जनताले राजावादी भनेर मत दिएका एघार स्थानका अधिकारी भएका तात्कालिक जनशक्ति र राप्रपालाई जनमत माथी यो विश्वासघात किन गर्यौ भनेर भन्ने त कुरै छोडौ सामुन्ने पर्नेसम्म हिम्मत देखिएको छैन । यस्ता आत्मघाती गोल गर्नेहरुबाट प्रताडित हुनु पर्नेहरु भने कुनै न कुनै किसिमको राजसंस्था नेपाललाई आवश्यक छ भनेर ठान्ने नै हुन । अब विस्तारै राजसंस्था समर्थकहरु सोच्न बाध्य हुदैछन यस्ता आफ्नै धारकालाई प्रहार गर्नेहरुबाट सुरक्षित हुन मनमा जे भए पनि गणतन्त्रको धारमा जानु उचित हुन्छ की । यो अवस्था राजसंस्था समर्थकहरुलाई निकै पिडा दायक हो तर यहि नै उनिहरुको निमित्त एकमात्र विकल्प नहोस । आखिर यो जिम्मेवारी कस्को हो ?
श्रोतः (जनआवाज विराटनगर)
श्रोतः (जनआवाज विराटनगर)