मंसिर २, काठमाडौं । विभिन्न ठाउँमा भएका बमकाण्ड एवं हिंसात्मक घटना घटाउनमा व्यापक दोष खेपेका नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्य आफैले पनि त्यस्ता घटना घटाउनेहरु जनविरोधी एवं जनघातीहरु भएको टिप्पणी गरेका छन् ।उनले त्यस्ता घटनामा आफ्नो पार्टीको सम्लग्नता नरहेको भन्दै आफूले कहिल्लै जनतालाई असर पर्ने कार्य नगरेको दावी गरे । नेकपा(माओवादीले आफूद्वारा बहिस्कृत आन्दोलन शान्तिपूर्ण रहेको भन्दै सरकारका कारण कतिपय घटना भएको पनि हुन सक्ने बताए ।
नेकपा माओवादी अध्यक्ष वैद्यले आज विज्ञप्ति जारी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनका विरुद्ध राज्यले सम्पूर्ण शक्ति प्रयोग गरेर दमन गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरेको आरोप लगाएको छ । उता आजै गृहमन्त्री माधवप्रसाद घिमिरेले वम काण्डको निर्देशन दिनेलाई समेत गिरफ्तार गरिने बताएकै अवस्थामा वैद्यले वक्तव्य जारी गरी चुनाव बहिस्कारलाई सशक्त बनाउने बताएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ ‘राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं’ थप लेखिएको छ( राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् बैद्यले बमकाण्डमा परी मृत्यु हुने र घाइते वालवालिका तथा आम नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् ।
श्रोतःसाझासवाल