–अष्टवक्र......
नक्कलची बाँदरको कुरा त सुन्नु भएको होला नी । मलाई त आजकल जनावरको नाम लिन पनि धक पो लाग्न लागेको छ । बाँदर भन्न पाईने हो कि होईन रु एक पटक भुस्याहा कुकुर भनेकोमा खप्की खाईसकेको छु । भुस्याहा कुकुरलाई भुस्याहा कुकुर भन्दा जनावरको अधिकार हनन् हुन्छ रे भनेर छाकै पिच्छे खसी बोका बाहेक अरु जे को पनि मासु नभई नहुने मुलुकमा तालिम लिएका अधिकार कि धिक्कारकर्मीले मलाई खप्की गरेका थिए । मैले त्यसो भए के भन्नु त भनेर सोध्दा सामुदायिक कुकुर भन्नु पर्छ भनेर पढाएका थिए । त्यसैले अलि धक लगेको, तपाईहरु भन्नुस त नेपालमा बाँदरलाई बाँदर भन्न पाईन्छ कि पाईन्न रु ए पाईन्छ, त्यसो भए बाँदरले भुस्याहा कुकुर जति मान पाएको रहेन छ हैन रु
फेरी कुरो अन्तै मोडियो है, तपाईहरु सधै यस्तै गर्नु हुन्छ , भन्न खोजेको कुराको प्रसंग नै फरक पारिदिनु हुन्छ । ए मैले आफ्नो गल्ती तपाईहरुलाई थोपरिदिए रे । खै मलाई पनि नेपालका अगुवाहरुको बानीले असर गर्यो जस्तो छ, राम्रोको जस आफुले लिने नराम्रोको अपजस अरुलाई खन्याउने । जे होस अब प्रसंगमा आउँ , एउटा बाँदर थियो, जातिय गुण अनुसार उ अरुले गरेको कामको नक्कल गर्ने गर्दथ्यो । एक पटक
कसैले छुराले आफ्नो दाह्री काटेको देख्यो । उसले त्यसको पनि नक्कल गर्न थाल्यो । परिणाम के भयो भन्नुस त रु हो उसले आफ्नो नाक काट्यो । ल त आजको कथा पुरा भयो अब अआफ्नो स्थान जानुस मलाई पनि भोक लागेको छ यसो पेटपुजातिर लाग्नु पर्यो ।
ल ल के भन्नु भएको , सुनेकै कथा सुनाएर पुग्दैन अरे रु अब तपाईहरु पनि पक्षपातको हद गर्नु हुन्छ । अनेक नामधारी विज्ञले एउटै कुरो हजार पल्ट दोहोर्याउदा पनि खर्च गरेर पढने सुन्ने । नेताहरु त्यही एकै कुरा भट्ट्याउन आउदा भिड लगाएर भोकै प्यासै सुन्न जाने मैले चाहि एक पटक पनि यस्तो गर्न नपाउने रु के भन्नु भयो यस्तो कुरा सुन्नुको फाइदा छ अरे, सुने उपस्थित भए वापत त्यही सुने उपस्थित भएको प्रमाण देखाएर फाइदा लिने बाटो खुल्छ रे रु ए ए विस्तारै वोल्नुस फेरी उप्रेती वाजेको अचारले भेटला नी बडो कडा पो छ त त्यो अचार उनले मन नपराएकालाई त खुत्रुक्कै पार्छ, मन परेकालाई भने बडो स्वादिष्ट हुन्छ ।
ल ल धेरै अधैर्य नहुनुस म यो कथालाई परिस्थितिसंग जोड्छु । यसपालीको निर्वाचन प्रकृयामा देखिएको एक रोचक प्रसंगसंग यो मिल्छ । थापा काजीले नेतृत्व गरेको दलले यस पटक सबै दललाई आफुले गरेको काम पछ्याउन वाध्य बनायो । कुन थापा रे , ए फुल थापा नी घाम थापाको त के कुरा गर्नु नी उनले त जीवनभर मौका मात्र पाए । तर हमेशा पिपलको पात झै कहिले यता कहिले उता हल्लिई रहे । आफुले खाएको थालमा चुठ्ने उनको त बानी नै हो । अं त थापा काजीले अरुले पत्तै नपाई सबैलाई आफुलाई पछ्याउने बनाए । देशका ठुला भनेका सञ्चार माध्यमले उनलाई छदै छैनन जस्तै गर्दा पनि आफ्नो कुरा स्थापित गरेरै छोडे । के के भन्नु भएको रु लौ सुन्नुस,
संविधानसभा विगठन गरेर अर्को चुनाव गर्नु पर्छ भनेर भने । शुरुमा कसैले सुनेन तर पछि यही कुराको नक्कल गर्नु पर्यो, अक्कल विनाको नक्कल भएकाले आपस मै ठुलो झगडा भयो । न्यायधिशको नेतृत्वमा चुनावी सरकार चाहिन्छ भने, त्यो पनि अर्कोले मेरो विचार हो भनेर पछ्यायो, अक्कल विनाको नक्कल भएकाले त्यसले दशै तिहारमा पड्काउन नपाएको पटकाको बदला जताततै बम पड्कियो । उम्मेदवारको सार्वजनिक घोषण गर्दा अक्कल नपुर्याउनेले बागीको मार खप्नु पर्यो । देश यात्राको पनि सोही हविगत भयो, पछ्याउनेले झन्ने मलाई मारेका भनेर भन्नु पर्यो । अब यस्ता गनि नसक्ने घटनाहरु छन कति पो भनौ र बरु यहि भनौ ‘नाचन नाहि आवत कहत आगन टेडा’
श्रोतःजनआवाज,
विराटनगर १
२०७०।८।२