एबिसी टेलिभिजनका सम्पूर्ण प्रसारण रोकः आयोग


निर्वाचन आयोगले भोलि साँझ ५ बजेसम्मका लागि एबिसी टेलिभिजनका सम्पूर्ण प्रसारण रोक्न सरकारलाई अन्तरिम आदेश दिएको छ।
 
निर्वाचन आचार संहिताको पटकपटक उल्लंघन गरेको भन्दै आयोगले 'मौन अवधि' भरको लागि एबिसी टेलिभिजनको सम्पूर्ण प्रसारण रोक्न आदेश दिएको हो।
 
यसअघि आयोगले टेलिभिजनका केही समाचारमुलक कार्यक्रम रोक्न आदेश दिएको थियो। त्यसको कार्यान्वयन नहुँदै आयोगले प्रशारण नै रोक्ने आदेश दिएको हो ।
 'आयोगले गरेका पत्राचारलाई बेवास्ता गरी स्वतन्त्र निष्पक्ष निर्वाचनमा अवरोध पुग्ने गरि एउटा दलको प्रचारप्रसार गरेकोले निर्वाचन आयोग ऐनको दफा २९ बमोजिम प्रसारणमा रोक लगाउनु परेको हो,' आयोग सदस्य इला शर्माले सेतोपाटीलाई भनिन्।
 आयोगले आइतबार एउटा कार्यक्रममात्र बन्द गर्न भनेका थियो तर उक्त टेलिभिजनले पटकपटक आचारसंहिताको  उल्लंघन गरेकाले अन्तिम मतदान नसकिएसम्मको लागि सम्पूर्ण प्रसारण नै रोक लगाउनु परेको शर्माले बताइन ।
 यसैबीच एबीसी टेलिभिजनका प्रमुख शुभशंकर कडेलले आफ्नो टेलिभिजनले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन्।  'हामीले घटनाको कभरेज गरेको हो । दल विशेषको पक्षपोषण हुने गरी कार्यक्रम बनाएको छैन।' कडेलले सेतोपाटीसँग भने. ' यदी कसैले टेलिभिजन प्रसारण बन्द गर्ने आदेश गर्छ भने त्यो संवैधानिक अधिकार विरुद्धको प्रहार हो।'
 
प्रसारण बन्द गर्न  भन्ने आदेशको आफूले आधिकारीक सूचना नपाएको भन्दै उनले यस्तो आदेश गर्नेहरु संविधानसभा निर्वाचन विरोधी भएको समेत बताए। 

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ यस्तो छ 


SHARE THIS

Author:

Facebook Comment