काठमाडौं/नेकपा–माओवादीले वार्ता र सहमतिको माध्यमबाट
जारी गतिरोधको निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेको छ । बन्द–हड्ताल गर्नु बाध्यता भएको भन्दै
माओवादीले आफ्नो मागलाई सकारात्मक ढंगले सम्बोधन गरेर सहमतिको वातावरण बनाउन आग्रह
गरेको हो ।
रिपोर्टस क्लवको नेतृत्ववमा राजधानीको
धापासीस्थित माओवादी अध्यक्ष मोहन वैद्यको निवासमा पुगेका पत्रकारहरुसँग कुरा
गर्दै माओवादी अध्यक्ष वैद्यले आफूहरुले राखेको मागलाई सम्बोधन नगरिए आन्दोलन थप
चर्काउने चेतावनी दिए ।
दलहरुको संकीर्ण स्वाभावका कारण आफूहरु
उपेक्षित
बन्नुपरेको भन्दै वैद्यले आफ्नो इमान्दारितालाई कमजोरी ठानिए परिणाम
भयानक हुने चेतावनी दिए ।
अहिलेकै
अवस्थामा गरिने चुनावले द्वन्द्वको समाधान नगर्ने बरु द्वन्द्व बढाउने उनको जिकिर
थियो ।
गोलमेच सम्मेलन र वर्तमान सरकार परिवर्तनको
मागबाट एक इन्च पछि नहट्ने भन्दै वैद्यले यी माग पूरा गर्न आफूहरु गिरफ्तार
हुनुपरे पनि तयार रहेको बताए ।
विगतमा सँगै युद्ध लडेका एकीकृत
माओवादीका अध्यक्ष पुषपकमल दाहालका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको उनको
भनाइ थियो ।
यही अवस्थामा चुनाव भै हालेपनि त्यसले
समाधान नदिने वैद्यको दाबी छ ।
(प्रकाशित मिति २०७० कार्तिक २८ गते
बिहीबार)