क्राइमचेक
प्रतिनिधि/
रौतहट/रौतहटको
धरहरी गाउँ विकास समितिमा चुनावको प्रचार प्रसारको विषयलाई लिएर मंगलवार राती
एमाओवादी र एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा पाँच जना घाइते भएका छन् भने एकको
अवस्था गम्भीर छ ।
सो
गाविस वडा नम्बर ४ स्थित एमाओवादीका ३ नम्बर क्षेत्रका उम्मेदवार प्रभु साहलाई
एमालेका समर्थक महिलाहरुले गाउँमा घरदैलो गर्न रोक लगाउनुका साथै कार्यकर्ताहरुले
चुनावी पर्चा च्यातेको भन्दै एमाओवादीका कार्यकर्ताहरुले कुटपिट थालेपछि दुबै
पक्षबीच झडप भएको सशस्त्र प्रहरी उपरीक्षक विकासराज श्रेष्ठले बताउनुभयो ।
झडपमा एमालेका दुई र एमाओवादीका तीन
जना कार्यकर्ता सामान्य घाइते भएको र झडपमा परी एमाओवादीका जितु साह गम्भीर घाइते
भएपछि उनलाई थप उपचारका लागि अन्यन्त्र लगिएको छ भने अन्य समान्य घाइते भएकाहरुको
स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरी घर फर्किएको र घटनापश्चात गाउँमा सुरक्षा
व्यवस्था कडा बनाइएको शसस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । (प्रकाशित
मिति २०७० कार्तिक २८ गते बिहीबार)