“आचारसंहिता उल्लंघन गर्न एमाओवादी अग्रस्थानमा”


काँग्रेस एमाले पनि  प्रतिस्पर्धामा
 काठमाण्डौ/स्वच्छ निर्वाचनका लागि नागरिक अभियान (सीसीसीइ) ले संविधानसभा चुनाव प्रचारको क्रममा एकीकृत माओवादीले सबैभन्दा बढी आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।
            राजधानी काठमाण्डौमा बुधवार पत्रकार सम्मेलन गरी सीसीसीइले अन्य दल र उम्मेदवारले आयोजना गरेका जुलुस, र्‍याली, आमसभा, बैठक र भेला बिथोलेर सबैभन्दा बढी आचारसंहिता उल्लंघन भएको जनाएको हो ।
            सीसीसीइले आचारसंहिता उल्लंघनमा नेपाली कांग्रेस र एमाले
सहितका दलहरु पनि अगाडि रहेको जनाएको छ । यस्तै अन्य दलले पनि आचारसंहिताको उल्लंघन गरेको र उनीहरुमाथि अपेक्षाकृत ढंगले कारबाहीको प्रकृया अगाडि नबढाइएको सीसीसीइले जनाएको छ ।
            आचारसंहिता उल्लंघनका ५ सय २१ वटा घटना मध्ये २ सय १४ वटा घटना जुलुस, र्‍याली, आमसभा र भेला बिथोल्ने गरी भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
      आचारसंहिता विपरित पर्चा, पोस्टर, फ्लेक्स बोर्ड राखेको र जुलुस तथा घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरी आचारसंहिता उल्लंघन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । (प्रकाशित मिति २०७० कार्तिक २८ गते बिहीबार)

SHARE THIS

Author:

Facebook Comment