वीरगंज/नेपाली
कांग्रेस पर्साका पूर्व सभापति एवम क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बहादुर
अमात्यले मंसिर ४ गते हुने सविधान सभाको चुनाव देशको राजनैतिक निकाश दिने चुनावमा विकाश गर्ने कुरा गरेर मतदाताहरुलाई
केहि नकावधारी गणतन्त्रवादी उम्मेदवारहरुले ठगीरहेकोमा त्यसता उम्मेदवारबाट सावधान
रहन आग्रह गर्नुभएको छ ।
बुधवार बिहान नेपाली कांग्रेस क्षेत्र
नम्बर १ प्रचार प्रसार समीतीले वीरगंजको छपकैयामा
आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेता अमात्यले यस्तो धारणा व्यक्त
गर्नु भएको हो । उहाँले मुलुक अहिले गम्भीर परिस्थितीबाट गुज्रिरहेको अवस्थामा
मंसिर ४ को निर्वाचनलाई सफल पार्न र यो देशलाई सहि दिशामा लैजानका लागि संघीय
लोकतान्त्रिक संविधान
बनाउन पर्ने आवश्यकता रहेको र त्यस्तो सविधान कांग्रेसको
रुखछापमा भोट दिएर मात्रै निर्माण हुने बताउनु भयो । देशमा विभिन्न समयमा भएका लोकतान्त्रिक
आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न पनि कांग्रेसको बहुमतको संविधानलाईको
अवश्यकता रहेकोले रुख चिन्हमा भोट दिन आग्रह गर्नु भयो ।
उम्मेदवार अमात्यले दरवार र
राजतन्त्रको संरक्षणमा जिवन विताइ सकेका कतिपय नेताहरु अहिले लोकतान्त्रिक र
गणतान्त्रिक खोलको आडमा जनताको घरदैलोमा पुगेकोले उनिहरुबाट सावधान रहन
मतदाताहरुलाइ आग्रह गर्नुभएको छ ।
यसैगरि कोणसभामा नेपाली काग्रेस
समानुपातिक तर्फका उम्मेदवार ओमप्रकाश शर्माले विगतको चार बर्षमा एमाओवादिले
एकतन्त्रीय कम्युष्निट सविधान बनाउन खोजेको र त्यसैको पछि मधेसवादी दलहरुलागेको
कारण सविधान बन्न नसकेकोले यो चुनामा काँग्रेसलाई बहुमतले विजयी बनाउन आग्रह गर्नु
भएको थियो । बुथ सभापति अताउलहक मियाको सभापतित्वमा सम्पन्न भएको कोणसभामा
क्षेत्रिय अध्यक्ष विजय सर्राफले सिडियोलाई झापड हानेर सम्पूर्ण पर्सावासीलाई
बदनाम गराउने मधेसीदलका नेताहरुबाट सावधान रहन आग्रह गर्दै नेपाली काँग्रेसलाइ
भोटदिएर राजेन्द्र बहादूर अमात्यलाइ अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नूभएको
थियो । कोणसभामा नेपाली काँग्रेसका नगर अध्यक्ष महमद साहबुदिन, महासमिति प्रतिनिध ध्रुवनेपाल, प्रकाश उपाध्यय, अशोक विक्रम शाह, शारदा थापालगायतका व्यक्तिहरुले
मन्तव्य व्यक्त गदै काग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गरेका थिए ।
यसैगरी विभिन्न पार्टी परित्याग गरि
कांग्रेसमा प्रवेश गर्नेहरुलाइ राजेन्द्र बहादुर अमात्य तथा ओम प्रकाश शर्माले
अवीर लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरुमा श्यामशुन्दर
गुप्ता, मुर्तुजा अंसारी, विजय चौधरी, शेख तवरेज, राजु मगर, बिकि थापा, दिनेश पासवान, सुरेश कुशवाहा लगायत ३१ जना नेपाली
काँग्रेसमा प्रवेश गरेका छन् ।
यसैगरी नेपाली काँग्रेस क्षेत्र नम्बर
एकले पर्साको अलौमा आयोजना गरको कोण सभाका
बक्ताहरुले नेपाली काँग्रेसको बिकल्प नेरहेको बताउदै काग्रेसका उम्मेदवार
राजेन्द्र बहादुर अमात्यलाई विजयी बनाउन आग्रह गरेका थिए । शिवम लामिछानेको सभापति
र क्षेत्र नम्बर एकका उम्मेदवार राजेन्द वहादुर अमात्यको सभापतित्वमा सम्पन्न भएको
कोणसभाका बक्तहरुले विगतको चार बर्षमा सता र मन्त्रीको भता तथा गाडीको लागि मधेसी
जनताको भावना विपरीत दल फुटाएर आफ्नो वास्तविक चरित्रलाइ उदाङ्गो पारिसकेको धारणा
व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार ओमप्रकाश
शर्मा, विजय सर्राफ, महमद साहबुदिन, रामरुपमकुर्मी, प्रेम चन्द्र दुवे, लगातयका स्थानिय नेताहरुले विगतको
लोकतान्त्रिक आन्दोलनलाई सधै दबाउने र राजतन्त्रका वकालतमा जिवन बिताउने
व्यक्तिहरु अहिलो ठुलो गणतन्त्रवादी बनेर आएकोमा त्यसता नकावधारी उम्मेदवारबाट
बच्चन आग्रह गरेका थिए । नेपाल मुस्लीम संघका केन्द्रिय सदस्य खुरम मियाले चुनावै
पिच्छे दल परिवर्तन गर्ने दलबदलु नेताहरु अहिले आफुलाई घोर मधेसीको रुपमा प्रस्तुत
गरिरहकोले त्यस्ता दलबदलु नेताहरुको सस्कांर कतिको मधेसी रहको छ । पञ्चेवाजा बजाएर
छोराको विवाह गर्ने ढुलमुले नेताहरुले आफुलाइ मधेको मसिहा भन्ने गरेकोले त्यस्ता
नकावधारीबाट सावधान रहन आम समुदालयलाई बक्ताहरुले आग्रह गरेको थिए । यसै गरि
नेपाली काँग्रेस क्षेत्र नम्बर एकले बुधवार दिउँसो वीरगंजको महाविर स्थान र
पानीटंकीमा पनि कोणसभा सम्पन्न गरेको छ । –अनिल
तिवारी (प्रकाशित मिति २०७० कार्तिक २८ गते बिहीबार)