रा.प्र.पा.नेपाल कहिले बाट माओबादी भयो ?

ने.क.पा.एमाले पार्टी छोडेर एमाओबादी बनेका तत्कालिन ने,क,पा,एमाले घेराबारी गा.बि.स.का पुर्ब अध्यक्ष हर्क खडकालाइ बिगत केहि दिन अगाडी रा,प्रा,पा,नेपालका स्थानीय कार्यकर्ताहरुले अपहरण गरेर जंगलमा लगेर राखेको ३ घण्टा पछी छोडेको ले कारबाही गरि पाउ भनि एमाओबादिको उजुरीको आधारमा बिरोधमा बैसाख २७ गते राप्रपा नेपालसमर्थित राष्ट्रिय युवा मोर्चाका अध्यक्ष अर्जुन कन्दङ्वा (लिम्बु)लाई झापा प्रहरीले अपहरणको आरोपमा विहीबार राति पक्राऊ गरेको रैछ ।
कार्यकर्ता पक्राउको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले शुक्रबार बिहानैदेखि झापा बन्दको आयोजना गरे !
रा.प्रा.पा.पार्टी संग सम्बन्ध राख्नेको जमातको आवाज थियो सामुदायिक जंगलको रुख काटेर भारत तस्करी गर्न लागेकोले त्यस लाइ रोक्न उक्त कारबाही गरिएको हो भन्ने थियो भने खड्का समर्थक एमाओबादी पक्षले त्यस लाइ झुठो हो भन्दै आएको छ !
अब प्रश्न याहा निर उठ्छ त्यो के हो भने रा.प्र.पा.नेपालले अहिले सम्म जति पनि बिरोध, जुलुस तथा आमसभा हरु गर्दै आएको छ त्यो शान्तिपूर्णढंगले गर्दै आएको छ भन्ने कुरा कुनै दुइमत छैन ! जनताले पनि यस्तै रुपमा चित्रण गर्दै आइ रहेको छ ! यस्तै यस्तै कारणले गर्दा जनताले रा.प्रा.पा.नेपाल लाइ फरक किसिमको पार्टीको रुपमा चिन्दै आएको अबस्थामा अब रा.प्र.पा.नेपालले पनि मानिस अपहरण तथा हिँसा तथा आगजनीमा बिस्वास राख्ने हो भने रा.प्र.पा र अरु पार्टीमा के नै फरक रह्यो र ? राज्य संचालनको लागि सरकारले निकाय अनुसारको ब्यबस्था गरेको छ ! काठपातको काम हेर्ने भनेको बन विभागले हो ! यदि ति हर्क खडका काठ चोरि निकासीमा संलग्न थियो भने पक्राउ गरि सके पछी किन सम्बन्धित निकाएमा बुझाइयेन ? यदि सम्नाधित निकायले कारबाही नगरी छोडिदिएको भए बिरोध गर्नु स्वाभाविक हुन्थ्यो भने कानुन हातमा लिने अधिकार रा.प्र.पा.का ति कार्यकर्ताहरुलाइ कसले दियो ? यदि ब्यक्ति वा जनताले नै सरकारी अंगको काम कार्य गर्ने हो भने किन चाहियो सरकारी कर्मचारी ? त्यसैले यस्ता कुराहरुलाई ध्यानमा नराख्ने हो भने जनताको नजरमा अन्य पार्टी र रा.प्र.पा.नेपालमा पनि के नै भिन्नता छ र ! त्यसैले नेतृत्व पंक्तिले यस्ता कुराहरुमा शख्त ध्यान दिनु अत्यन्त जरुरि छ ! बेलैमा सबैलाई चेतना भया !



SHARE THIS

Author:

Facebook Comment