वीरगंज, २८ वैशाख, भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएइको पाँचवटा खशी सहित एकजना तस्करलाई विर्ता प्रहरीले पक्राउ गरेको छ ।
शनिवार करिब २ बजेको समयमा वीरगंज–२ निवासी मुस्तफा मियाँ समानीले भारतबाट भन्सार राजश्व चोरी पैठारी गरि ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता र अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँबाट खटिएको प्रहरी टोलीले वीरगंजको इनर्वा गाउँमा रहेको बाइपास रोडबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक रवीन्द्र पौडेलले जनाएका छन् ।
प्रहरी निरीक्षक पौडेलले ईमेलमार्फत दिनुभएको जानकारी अनुसार प्रचलित बजार मूल्य २५ हजार बराबरका ती खसी र तस्करलाई आवश्यक कारवाहीकालागि वीरगंज भन्सार चलान गरिने छ ।
