मेचीबाट हिडेको लुम्बिनी पदयात्रालाई आज वीरगंजमा स्वागत तथा विदाइ गरिएको छ ।
हिजो वीरगंज आइपुगेको पद यात्रालाई आज एक कार्यक्रमका बीच सानो पाइला तथा अन्य विभिन्न संघसंस्थाले विदाइ गरेको हो ।
युवा अघि सर्छ देश अघि बढ्छ भन्ने मुल नाराका साथ निस्केको पैदल यात्रा बुद्ध पुर्णिमाको दिन लुम्बिनी पुग्ने छ । पैदल यात्रामा ज्ञानु बराल, सुरज दंगाल, दधिराम ढकाल, विराज बराल, विपिन त्रिपाठी लगायतको टोली छ ।
