ट्रकले कारलाई ठक्कर दिदा एक बालिका सहित दुई घाइते

बाराको जितपुरमा गएराती ट्रकले कारलाई ठक्कर दिदाँ एक जना वालीका सहित दुई जना घाईते भएका छन् । पथलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना २ च २८३३ नम्वरको कारलाई त्यही दिशाबाट आउँदै गरेको ना २ ख ८३९४ नम्वरको ट्रकले जितपुरमा रहेको गढीमाई मन्दिर नजिकै ठक्कर दिदाँ ५ बर्षिय वालीका सहित २ जना घाईते भएका हुन् । ट्रकको ठक्करबाट कारमा  सवार वीरगञ्ज छप्कैयाकी पाँच बर्षकी वालीका तानिया खातुन र कारका चालक वीरगञ्जका महमद् कमरुद्दिन घाईते भएका हुन् । घाईते वालीका सामान्य उपचार पछि घर फर्किएको र  घाईते चालक कमरुदिनको  वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । कारलाइ ठक्कर दिने  ट्रक र चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment