धनुषा, वैशाख ११ । राष्ट्रपति डा.रामबरण यादवले देशमा लोकतन्त्र आएपनि जनताले अझै लोकतन्त्रको आभास गर्न नपाएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा धनुषाको सपहीस्थित आफ्नै निवासमा आज इमेज च्यानलसँग कुरा गर्दै राष्ट्रपति यादवले देशमा कानूनी राज्यको स्थापना गर्न नसक्दा लोकतन्त्रले पूर्णता नपाएको बताए ।
उनले देश पूर्ण रुपमा चुनावमा गईसकेको र शान्ति प्रक्रियाका धेरै बिषय मिलिसकेकाले अब सबै पक्ष चुनावमै केन्द्रित हुनुपर्ने बताए । चुनावबाहेक देशले निकास पाउने अर्को बाटो नभएको उनको भनाइ थियो । उनले हतियार र लडाकु कानूनी रुपमा व्यवस्थापन हुनु लोकतन्त्रको सबैभन्दा
ठूलो उपलव्धि भएकोे बताए ।
अर्को प्रसंगमा उहाँले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिले कू गर्ने प्रयास गरेको भन्दै लगाएको आरोपलाई टिप्पणी गर्नलायक बिषय नै नभएको बताए । आन्दोलनमा रहेका सबै दललाई वार्तामा आउन पनि उहाँले आग्रह गरे ।
