काठमाडौं, वैशाख ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिद्याधर मल्लिकले स्वास्थ्य क्षेत्रलाई ग्रामीणमुखी बनाउनु पर्नेमा जोड दिएका छन् । नेपाल मेडिकल कलेज जोरपाटी प्रालिको १७ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री मल्लिकले स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउन सरकार प्रयासरत रहेको बताए । अहिले पनि ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेको भन्दै मल्लिकले सरकारले ग्रामीण केन्द्रीत स्वास्थ्य सेवामा जोड दिने बताएका छन् ।
सरकार एक्लैको प्रयासबाट मात्र स्वास्थ्य क्षेत्रमा परिर्वतन सम्भव नभएको भन्दै मन्त्री मल्लिकले स्वास्थ्य क्षेत्रमा लागानि गर्न निजि क्षेत्रलाई आग्रह गरे । कार्यक्रममा मन्त्री मल्लिकले डेण्टल अस्पताल र रेसीडेन्सीयल भवनको समेत सिलान्यास गरेका थिए