काठमाडौं, बैशाख ११ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शहीदको वलिदानलाई राष्ट्रले सम्मान गर्न नसकेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडौं कार्यसमितिले राजधानीमा गरेको कार्यक्रममा सिटौलाले दलहरुको अकर्मण्यताकै कारण लोकतन्त्र धरासायी हुदै गएको गुनासो गरे । दलहरुबीच परिवर्तनलाई संस्थागत गर्ने सहमति भएपनि व्यवहारमा भने कार्यान्वयन हुन नसकेको उनको स्वीकारोक्ति थियो ।
सिटौलाले शान्ति सुव्यवस्था कायम गरि देशमा लोकतन्त्रलाई संस्थागत गर्न संविधान सभाको निर्वाचननै एकमात्र विकल्प रहेको जिकीर गरे । काग्रेस काठमाडौं सभापति भिमसेनदास प्रधानले लोकतन्त्रमा सहिदको सम्मान गर्न कुनै मुल्य चुकाउन नहुने बताए । उनले लोकतान्त्रिक शक्तिहरु मिलेर नयाँ संविधान निर्माणका लागि चुनावमा होमिनु पर्ने समेत बताए ।