ठमेलमा हर्न निषेध


काठमाडौ, बैशाख ११ – काठमाडौको मुख्य पर्यटकीय क्षेत्र ठमेललाई सफा राख्न सरसफाई अभियान थालिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले बुधबार विहान ठेमल क्षेत्रमा सरसफाइ गरेको छ । सरसफाइमा झण्डै साढे २ सय जना कुचिकार खटिएका परिषद्का अध्यक्ष रामशरण थपलियाले बताउनुभयो ।

धेरै भीड हुने गरेकाले पर्यटकको सुरक्षामा कसरी ध्यान पुर्‍याउन सकिन्छ भन्ने बारे जनचेतनामूलक कार्यक्रम पनि गरिएको उहाँले बताउनुभयो । काठमाडौ महानगरपालिका, प्रहरी लगायतसंगको सहकार्यमा बुधबार विहान र्‍याली पनि निकालिएको थियो ।

परिषद्का अध्यक्ष थपलियाका अनुसार ठमेललाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी पनि भइरहेको छ ।

यस्तै काठमाडौको लैनचौर, जमल लगायतका क्षेत्रमा गाडीको चाप हुँदा ठमेलको बाटोलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरिदा हिँडडूलमा समस्या भएकाले निश्चित ठाउँ तोकेर त्यही रुट अनुसार मात्र गाडी चल्न दिने तयारी पनि थालिएको परिषद्ले जनाएको छ ।


SHARE THIS

Author:

Facebook Comment