प्रचण्डको मानसिक सन्तुलन बिग्रियो : नेपाल


रौतहट, वैशाख ११ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा चुनावको लागि तयारी थाल्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

रौतहटको पिपरा रजवडामा बुधबार भएको कार्यक्रममा उहाँले आन्तरिक सबै तिता कुरा बिर्सेर पार्टीलाई पूर्णबहुमत ल्याउने गरी तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।

जिल्ला संगठनलाई विस्तार गरी कार्यकर्ताहरुलाई सक्रिय बनाएर अघि बढेमा आउँदो संविधान सभाको चुनावमा एमाले पहिलो हुने उहाँको दावी थियो ।

‘एमाले नामको पार्टी नै छैन’ भन्ने माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिब्यक्तिप्रति कार्यकर्ताको प्रश्नको जवाफ दिदै नेता नेपालले प्रचण्डको मानसिक सन्तुलन बिग्रिएकाले उपचारका लागि भारतको राँची लैजानुपर्ने बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment