काठमाडौं, वैशाख ११ । मकवानपुर हेटौडाका एक युवकले अनुहारमा तेजाव छर्केकी युवतीको काठमाडौंको नेपाल मेडिकल कलेजमा उपचार भईरहेको छ । आफूसँग विवाह गर्न नमानेको भन्दै राज केसीले स्थानीय विन्दावासी कसंकारको अनुहारमा तेजाव छर्किदिएका थिए ।
गोरखपुर घर भई हाल हेटौडमा दिदीको घरमा बस्दै आएका केसीले आफूले भनेको नमानेको भन्दै पसलमा एक्लै भएको मौका छोपी तेजाव छर्की दिएका थिए ।
केसी हाल फरार छन् भने आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि सुनुवाई नभएको जनाएका छन् ।