‘चुनावका विषयमा शंका नगर्नुहोस्’

काठमाडौं, वैशाख ११ । उपराष्ट्रपति परमानन्द झाले आगामी मंसिरमा चुनाव गर्न दलहरुले वातावरण बनाउने विश्वास व्यक्त गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा आफ्नै कार्यालय परिसरमा आयोजना गरिएको चियापान समारोहका क्रममा उनले लोकतन्त्रको स्थायित्वका लागि चुनाव आवश्यक भएको भन्दै चुनावको विपक्षमा रहेकाहरुलाई पनि सहमतिमा ल्याउन पहल गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा पुगेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावको मिति चाँडै नै घोषणा हुने भन्दै चुनावबारे शंकाउपशंका नगर्न आग्रह गरे ।

 
चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व प्रधानमन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता थियो । 

तर, नेपाली कांग्रेस र एकीकृत माओवादीका प्रतिनिधिहरु भने चियापानमा सहभागी थिएनन् ।

SHARE THIS

Author:

Facebook Comment