काठमाडौं, वैशाख १३ । काठमाण्डौका व्यापारी राजेशकुमार अग्रवालको अपहरणमा संलग्न दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन गरी अग्रवाललाई अपरहण गर्ने कपिलवस्तुका जमिरुल्लाह मनिहार र सप्तरीका मोहम्मद नसरुद्दिनलाई सार्वजनिक गरेको हो ।
गत वैशाख नौ गते कलंकीस्थित बाबा पेट्रोल पम्पबाट एक जना महिलाको सहयोगमा अग्रवाललाई अपहरण गरेका उनीहरुले परिवारका सदस्यहरुसँग दुई करोड रुपैयाँ फिरौति माग गर्दै आएका थिए ।
हिजो प्रहरीले र्कीतिपुर मैतिनगरमा रहेको शारदाप्रसाद चौधरीको निर्र्माणाधीन घरबाट अग्रवाललाई स–कुशलअपहरण मुक्त गराई अपहरणमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले कलडिटेलको आधारमा अपहरणमा संलग्नहरुलाई पक्राउ गरेको पनि जनाएको छ ।
अपरहणमा संलग्न एक महिलासहित तीन जना फरार रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा संलग्न महिलासहित दिनेश र मुवारक नाम गरेका दुई जनाको स्केच पनि सार्वजनिक गरेको छ ।
अपहरणमा संलग्नहरुले अग्रवालको परिवारलाई दबाब दिएर कलंकीस्थित हिमालयन बैंकमा ६० हजार रुपैयाँ जम्म गर्न लगाएको तर पछि उक्त रकम झिक्न पनि असफल भएको प्रहरीले जनाएको छ ।