काठमाडौं, वैशाख १३ । नेकपा–माओवादीले चुनावको प्रतिकार गर्ने घोषणा गरेको छ । अहिलेको सरकारसँग चुनाव गराउने वैधानिक आधार नभएको भन्दै –माओवादीले चुनावको सशक्त प्रतिकार गर्ने घोषणा गरेको हो । संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुलाई बाहिर राखेर तीन दल र मधेशी मोर्चाले गरेको सहमतिलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै –माओवादीले चुनाव हुन नदिने जनाएको छ ।
राजधानीमा चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकले चुनाव हुन नदिने र जर्बजस्ती चुनाव गर्न खोजे प्रतिकार गर्ने निर्णय गरेको माओवादी उपाध्यक्ष सीपी गजुरेलले हामीलाई जानकारी दिए ।
उपाध्यक्ष गजुरेलले अहिलेको सरकारसँग वार्ता नगर्ने समेत स्पष्ट पारे । सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत नै गतिरोधको निकास खोज्नुपर्ने गजुरेलको भनाई थियो ।
हिजो सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको पनि विस्तार गरेको छ । विस्तारित केन्द्रीय समिति १ सय ५१ सदस्यीय छ ।