जनकपुर, वैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकार चार दलको निर्देशनमा चलेकै कारण चुनाव अनिश्चित बनेको आरोप लगाएका छन् । आज जनकपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले चार दलले चुनाव नचाहेको र सरकारले पनि उनीहरुकै निर्देशनमा चुनावको मिति घोषणा नगरेको आरोप लगाए । चार दलको सिन्डिकेट कायम रहेसम्म देशमा गतिरोध वढिरहने उनको भनाई थियो ।