वन तस्करीको आरोपमा सात कर्मचारी कारवाहीमा

नवलपरासी, वैशाख १२ । नवलपरासीमा खयर तस्कर गरेको आरोपमा जिल्ला वन कार्यालयका वन अधिकृतसहित सात जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । पक्राउ पूर्जी जारी गरिएकाहरुमा तत्कालीन निमित्त जिल्ला वन अधिकृत उपेन्द्र चौधरी, सहायक वन अधिकृत सुरेश प्रसाद गुप्ता, मुकुन्दसेन रेञ्जरपोष्टमा कार्यरत सहायक वन अधिकृत बलराम खकुरेल, विष्णु न्यौपाने, भगवती बगाले, फरेस्टर विष्णु थापा र वन रक्षक टंक गोतामे रहेका छन् ।

तर, उनीहरु सवै फरार रहेको बताइएको छ । गत चैत्र ३० गते आवादीको भन्दै सरकारी जंगलको खयर काटेर दुई वटा ट्रकमा लोड गरी सिमरातर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

छानविन गर्दा कर्मचारीहरुले खयर फडानी र तस्करीमा संलग्न रहेको खुलासा भएको हो ।

जिल्लाको पहाडी क्षेत्र रतनपुर गाउँमा दुई जना किसानले लगाएको आवादी जग्गाको खयर काट्ने आदेश बनाएर जंगलको खयर फडानी भएको खुलासा भएको हो ।

SHARE THIS

Author:

Facebook Comment