लोकतान्त्रिक मोर्चाद्वारा प्रर्दशन


वीरगंज १८ फागुन : संघीय लोकतान्त्रिक मोर्चा नेपाल पर्साले आफनो पूर्व विरोधको कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंन्जमा कालोझण्डा सहित विरोध प्रर्दशन गरेको छ । संविधान सभा र स्थानिय निकायको निर्वाचन तत्काल गरिनु पर्ने लगायत माग राख्दै मोर्चाले कालोझण्डा सहित विरोध प्रर्दशन गरेका हुन् ।

घण्टाघर चौकबाट निकालिएको विरोध प्रर्दशन माईस्थान, आर्दशनगर, कैलाशचोक, घडिअर्वा, माईस्थान हुँदै पुन घण्टाघर चोकमा आई कोणसभामा परिणत भएको थियो । कोण सभामा फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, करिमा वेगम, राष्ट्रिय मधेश समाजवादी पार्टि पर्साका अध्यक्ष महाविर प्रसाद शर्मा लगायतले वर्तमान सरकारको विरोध गर्दै जेष्ठ महिनामा सुचना सम्पन्न गराउनुपर्ने धारणा राखेका थिए ।


मुलुक स्थानीय निकायदेखि व्यवस्थापिका संसद सम्म निर्वाचित जनप्रतिनिधि विहिन भई व्यापक भ्रष्टाचार बढेको, अराजकता र दण्डहिनता बढेको, शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै तत्काल निर्वाचन गराउनु पर्ने माग मोर्चाले अगाडी सारेको छ ।

मधेसी, आदिवासि, जनजाती, दलित, मुस्लिम लगायत विभेदमा पारिएका सीमान्तकृत समुदायहरुको हक, अधिकारलाई उपेक्षा गरिएको आरोप लगाउँदै सबैको समान हकअधिकार स्थापित गराउनका लागि आन्दोलनको विकल्प नभएको भन्दै फागुन ७ गतेदेखि विभिन्न चरणको आन्दोलनको कार्यक्रमहरु गर्दै आएको छ । मोर्चाले २१ लाठी जुलुश, २३ गते मसाल जुलुश र २४ गते नेपाल बन्द लगायतको विरोधको कार्यक्रम घोषणा गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment