मधेश सेवा आश्रममा कबुतर

वीरगन्ज,१८ फागुनः साहित्यकार डा. शिवशंकर यादवद्वारा लिखित कबुतर नामक हिन्दी उपन्यासको शुक्रवार लोकार्पण गरिएको छ ।
बाराको बहुअरीमा अवस्थित मधेश सेवा आश्रम भवनमा आयोजित कार्यक्रममा भोजपुरी साहित्यकार पंडित दीपनारायण मिश्र र तराई मधेश लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा उपन्यास लोकार्पण गरेका हुन् । यो पुस्तकको प्रकाशन मधेश सेवा आश्रमले गरेको हो ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पंडित दीपनारायण मिश्रले यो उपन्यासले पञ्चायतकालदेखि मधेश आन्दोलनसम्म आइपुग्दा राज्यले मधेशी समुदायमाथि गरेको शोषण र उपेक्षालाई
लेखक यादवले कलात्मक शैलीमा प्रस्तुती गरेको बताए ।
मधेश आश्रमका अध्यक्ष समेत रहेका सोनलले मधेशीलगायतका शोषित वर्गको अधिकार स्थापनाका लागी राज्यलाई निरन्तर खबरदारी गर्नुपर्ने बताउँदै लेखक यादवको पुस्तकले मधेशमा जारी अधिकार प्राप्तीको आन्दोलनाई उर्जा प्रदान गर्ने धारणा व्यक्त गरे ।
लोकार्पण कार्यक्रममा पत्रकार चन्द्रकिशोर झाले उपन्यास र लेखकबारे समीक्षा गरे । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकारिया, तमलोपा बाराका उपाध्यक्ष रामचन्द्र सिंह, क्षेत्रिय अध्यक्ष सीताराम साहलगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा सेवा निवृत्त कर्मचारीहरुसँग मधेशको मुद्दामा भावी कदमबारे तराई मधेश लोकतान्त्रिक पार्टीले अन्तरकृया समेत गरेको छ ।
 

SHARE THIS

Author:

Facebook Comment