काठमाडौ, १८ फागुण । संबैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्यले
प्रधानन्यायधिसलाई पदबाट राजिनामा गराएर चुनावी सरकारको नेतृत्व दिनुको
औचित्य नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले
भने–राज्यले निष्पक्ष र स्वतन्त्र भनि पत्याएका सर्वोच्च अदालतका प्रधानन्यायधिसलाई
राजिनामा गराएर चुनावी सरकारको नेतृत्व दिनुको औचित्य छैन । राजिनामा
दिए राज्यले विश्वास गरेको ठहरिदैन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा आचार्यले
प्रधानन्यायधिसलाई राजिनामा गराएर नेतृत्व दिनु र पूर्व प्रधानन्यायधिसलाई
नेतृत्व दिनुमा कुनै भिन्नता नहुने भएकोले दलहरुवीच पूर्वप्रधानन्यायधिसको
नेतृत्वमा दलहरुवीच सहमति नबनेको अवस्थामा प्रधानन्यायधिसको राजिनामा
गराउनुको औचित्य नभएको स्पष्ट पारे ।
यद्यपि उनले प्रधानन्यायधिसको नेतृत्वमा जाने विषय तीतो भए पनि मुलुकको
निकासको लागि औषधी सम्झेर खानु पर्ने बाध्यता रहेको भन्दै
प्रधानन्यायधिसको नेतृत्वको विषय अप्ठ्यारो निर्णय भएकोले पनि यसमा
विवाद हुनु स्वभाविक भएको तर्क गरे ।
नयाँ निर्वाचनमा जाने र नयाँ प्रधानमन्त्री बनाउने बाटो संविधानमा नभएकोले
अहिलेको निकासको सबै विकल्पहरु कठिन हुने उल्लेख गर्दै आचार्यले
प्रधानन्यायधिसको नेतृत्वमा निर्वाचनमा गएर संविधानलाई लिकमा ल्याएर अघि
बढ्नुको विकल्प नभएको बताए ।
ब्यवस्थापिका नभएको, कार्यपालिका पनि कामचलाउ भएको अवस्थामा मुलुकमा शक्ति
पृथकीकरण खल्बलिएको उल्लेख गर्दै उनले शक्तिपृथकीकरणलाई ट्रयाकमा ल्याउन
तत्काल सहमति गरेर निर्वाचनमा जानु पर्ने आवश्यकता औल्याए ।
आचार्यले भने–अहिले शक्तिपृथकिकरणको कुरा उठाउनुको अर्थ छैन,
शक्तिपृथकीकरण खल्बलिएको बेलामा । प्रधानन्यायधिस प्रधानमन्त्री भए पनि उहाँको
कार्यकालमा गरेको कामको विषयमा उहाँले सुनवाई गर्न नसक्ने भएकोले स्वतन्त्र
न्यायपालिकाको अवधारणामा खासै प्रभाव पर्दैन ।
यद्यपि उनले प्रधानन्यायधिस सरकारका प्रमुख भए पछि सर्वोच्च अदालतको प्रमुखको
रुपमा काम गर्न भने नहुने तर्क गरे ।
लामो समयसम्म प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाई राख्ने कुरा स्विकार्य हुन
नसक्ने स्पष्ट पार्दै आचार्यले जेठ भित्रमै निर्वाचन गर्ने गरी अघि बढ्नु पर्ने
बताए ।
दलहरुको ईच्छा शक्ति भए, राजनीतिक ब्यवस्थापन गर्न सके जेठमा निर्वाचन हुन
सक्ने ठोकुवा गर्दै त्यो पनि नभए मंसिर सम्म निर्वाचन कुनै पनि हालतमा गर्नै
पर्ने उनको तर्क थियो । आचार्यले भने–सके जेठमै निर्वाचन गराऔ । नभए पनि
२०७० सालभित्र निर्वाचन गर्नै पर्छ ।
नेपाल बार एसोसिएसनले कानूनी दृष्टिबाट हेरेर प्रधानन्यायधिसको नेतृत्वलाई
विरोध गरेको उल्लेख गर्दै बारको चिन्ता जायज भएकोले त्यो चिन्तालाई
समेत दलहरुले सम्बोधन गरेर अघि बढ्नु पर्ने बताए । उनले भने–असामान्य
परिस्थिति भएकोले बारले कुनै गल्ती हुन्छ कि भनेर सजग पारेको हो । त्यसमा
दलहरु सचेत हुनु पर्छ । जोखिम कम गर्ने कुरा दलहरुको हो ।
उनले अहिले दलहरुले सहमति गरेर राष्ट्रपतिमार्फत बाधा अडकाउन फुकाएर
मुलुकलाई निकास दिनु पर्ने सुझावदिए।
साक्षात्कारमै राम नेपालद्धारा लिखित मेरो खोज तपाईको सफलता नामक
पुस्तकको विमोचन समेत गरिएको थियो । आचार्य र रिपोर्टर्स क्लब नेपालका
अध्यक्ष ऋषि धमलालले संयूक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
विमोचन गर्दै धमलाले सकारात्मक सोच लिएर काम गरे सकारात्मक सफलता हात
पर्ने निश्चित रहेको भन्दै नेपालको पुस्तकले मानिसमा सकारात्मक सोच बनाउन
मद्दत गर्ने बताए । उनले नेपालको पुस्तकले मानिसमा रुपान्तरण गर्न सक्नेमा समेत
विश्वास ब्यक्त गरे । नेपालको पुस्तकमा लेखकहरु कृष्ण धारावासी र डा माधव
भट्टराईले टिप्पणी गरेका थिए ।