काठमाडौं, फागुन १८ – नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशको नेतृत्वमा
सरकार बनाउने दलहरुको प्रस्ताव स्वीकार नगर्न राष्ट्रपति डा. रामवरण
यादवलाइ आग्रह गरेको छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
शक्ति पृथकीकरणको सिद्दान्त विपरित हुने आफ्नो निर्णय राष्ट्रपतिलाइ
बुझाउँदै बारले राष्ट्रपतिलाइ यस्तो आग्रह गरेको हो ।
जवाफमा राष्ट्रपतिले आफूबाट शक्ति पृथकीकरणको सिद्दान्त, लोकतन्त्र र
संविधान विपरित कुनै काम नहुने प्रतिक्रिया दिएको नेपाल बार एशोसियसनका
उपाध्यक्ष टीकाराम भट्टराइले जानकारी दिनुभयो । राष्ट्रपतिले आफू संविधानको
धारा ३८ को उपधारा १ अनुसार सरकार बनाउने प्रक्रियाबाट बाहिर नगएको पनि
बताउनुभएको छ ।
नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने काम
संविधान विपरित हुने भन्दै संविधानका संरक्षक राष्ट्रपतिले त्यसलाइ स्वीकार
गर्न नहुनेमा ध्यानाकर्षण गराएको हो ।