राप्रपाका नेताद्वारा एमाले नेता विरुद्ध उजुरी

हेटौंडा, फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका ३ नम्बर क्षेत्रीय अध्यक्ष सीताराम बर्तौलाले नेकपा एमालेका नेता रामचन्द्र राई विरुद्ध प्रहरीमा उजुरी दिनुभएको । राइले कुटपिट गरेको भन्दै बर्तौलाले कारवाहीको माग सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिनुभएको हो ।

एमालेका राईले बिहीबार बिनाकारण आफूलाई कुटेको बर्तौलाले बताउनुभयो । राईलाई पक्राउ गर्न टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment