वीरगंन्ज १८ फागुन ःब्रहमकुमारी राजयोग सेवा केन्द्र छपकैयाले ७७ औ महाशिवरात्री पर्व धुमधामका साथ मनाउने भएको छ । महाशिवरात्री पर्वको पूर्व ब्रहमकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार आयोजना गरेको स्नेही मिनल कार्यक्रममा सेवा केन्द्रका जितेन्द्रले महाशिरात्री पर्व धुमधामका साथ मनाउनका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी गराएका छन ।
उनले महाशिवरात्रीका पूर्व भोली १९ गते वीरगंन्जमा मोटरसाईकल -यालीको आयोजना गरी महोत्वसको प्रारम्भ गर्ने बताए । परमात्मा अनुभूतीका लागि वीरगंन्जबाट निकालिने मोटरसाईकल ¥याली रौतहटको गौरसम्म गरिने जितेन्द्रले बताए । २६ गते झाकी सहित शान्ति पदयात्रा, २७ गते वीरगंन्ज र कलैयामा प्रर्वचन, २८ मोटरसाईकल -याली, २९ गते गौरमा अध्यात्मीक कार्यक्रम, भारत विहारको वरगिनीयामा ३० गते झाकी सहित प्रर्वचन कार्यक्रम गरिने छ ।
त्यसैगरी चैत्र १ गतेदेखि १० गतेसम्म विभिन्न स्थानमा प्रर्वचन, पदयात्रा लगायतका कार्यक्रम गरिने जितेन्द्रले बताए । स्नेही मिलन कार्यक्रममा राजयोग सेवा केन्द्रका क्षेत्रिय संचालिका रविनाले महाशिवरात्रीको वास्तविक रहस्यलाई सर्वसाधारणलाई अवगत गराउन आपसी एकताद्वारा विश्वमा सुख शान्ति, सदभाव स्थापना गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो ।