त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा.भगवान


त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा.भगवान कोइरालाको राजीनामा स्वीकृत नगर्न माग गर्दै स्थानीय बासिन्दा, क्लब, कर्मचारी तथा चिकित्सकहरुले टिचिङ अस्पतालमा धर्ना दिएका छन्। उनीहरुले कोइरालालाई काममा फर्किने वातावरण बनाउन समेत माग गरेका छन्।
धर्नामा अस्पतालमा अध्ययन विद्यार्थी, चिकित्सक, स्थानीय क्लबहरु समेत धर्नामा सामेल भएर कोइरालाको राजीनामा स्वीकृत नगर्न दवाब दिएका हुन्।
यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा.भगवान कोइरालालाई फोन गरी पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए। सबै खालका सहयोग गर्न आफू तयार रहेको आश्वसन समेत दिएका थिए।आन्तरिक र बाह्य कारण देखाउँदै कोइरालाले शुक्रबार राजीनामा दिएका थिए। त्रिवि शिक्षण अस्पतालको बेहाल अवस्था सुधार हुने आशामा रहेकालाई निराश तुल्याउँदै  बाहिरिने निर्णय गरेकोमा सर्वसाधारणले उनलाई पुनः फर्काउन चाहिरहेका छन्/

SHARE THIS

Author:

Facebook Comment