नेकपा-माओवादी नेतृत्वको संघीय जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको
नेपाल बन्दले राजधानी लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनको तयारी असंवैधानिक भएको भन्दै
बन्द गरिएको हो ।
बन्दका कारण राजधानीका सडकमा सवारी साधन चलेको छैन
। एम्बुलेन्स, अस्पताल, प्रेस, सुरक्षा निकाय र पर्यटक बोकेकेा सवारी साधन
मात्र सडकमा देखिएको छ । चोक चोकमा बन्दकर्ताहरु उभिएका छन् ।
सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ । कार्यालय, एयरपोर्ट तथा अत्यावश्यक
कामले निस्केकाहरु गन्तव्यमा पुग्न पैदल हिडेको देखिन्छ ।
चार दलले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय सरकार गठनको निम्ति मोर्चाले बन्द आह्वान गरेको जनाएको छ । बिहानदेखि सुरु बन्द साँझ ५ बजे सकिने बन्दकर्ताले जनाएको छ ।
बन्दका कारण राजधानीका सडकमा सवारी साधन चलेको छैन
। एम्बुलेन्स, अस्पताल, प्रेस, सुरक्षा निकाय र पर्यटक बोकेकेा सवारी साधन
मात्र सडकमा देखिएको छ । चोक चोकमा बन्दकर्ताहरु उभिएका छन् ।
सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ । कार्यालय, एयरपोर्ट तथा अत्यावश्यक
कामले निस्केकाहरु गन्तव्यमा पुग्न पैदल हिडेको देखिन्छ ।चार दलले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय सरकार गठनको निम्ति मोर्चाले बन्द आह्वान गरेको जनाएको छ । बिहानदेखि सुरु बन्द साँझ ५ बजे सकिने बन्दकर्ताले जनाएको छ ।