नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले प्रधानन्यायाधीस खिलराज रेग्मी नेतृत्वको सरकार आँफुहरुले नमान्ने वताएका छन् । जन स्वयं सेवक केन्दि्रय समितिका वैठकमा पोखरा जाने क्रममा दमौलीमा क्रान्तिकारी पत्रकार महासंघ जिल्ला शाखाले शनिवार गरेको पत्रकार भेटघाटमा सचिव विप्लवले न्यायीक क्षेत्ररका व्यक्तिलाई मुलुकको प्रधानमन्त्रि वनाउने कुरा षड्यन्त्रपूर्ण भएको दावी गरे । उनले नेकपा -माओवादी र अन्य दल विना चार दलले मात्रै गरेको उक्त निर्णयको खुलेर प्रतिकार गर्नु पर्नेमा उनले जोड दिए ।
'मुलुकमा राजनितिमा सकृय रहेका व्यक्तिहरुले नै न्यायीक क्षेत्रका व्यक्तिलाई प्रधानमन्त्रि वनाउन खोज्नु गम्भिर आपत्तिको कुरा हो,' उनले भने, 'प्रचण्ड र वावुराम भट्टराईले संसदवादी दलहरुसँग मिलेर मुलुकलाई धोका दिदाँ यस्तो अवस्था देखिएको हो ।'
उनले प्रधानन्यायाधीस रेग्मीलाई प्रधानमन्त्रि वनाउने वारेमा स्वयं न्याय क्षेत्रका व्याक्ति तथा संस्थावाट नै विरोध हुनु सकारात्मक भएको उनले वताए । उनले रेग्मीलाई प्रधानमन्त्रि वनाउने कुरा विदेशीको एजेण्डा भएको ठोकुवा गरे । उनले नेपालका संसदवादी दलका नेताहरुद्वारा सहमतीको नाटक मात्रै गरिएको आरोप लगाए ।
'संसदवादी दलहरुले प्रधानमन्त्री रेग्मीलाई प्रधानमन्त्री वनाए मुलुक फेरी प्रतिगमनतर्फ जाने गम्भिर खतरा छ,' उनले भने, 'हामीले संसदवादी दलहरुले गरेको निर्णय हामीले कुनै पनि अवस्थामा मान्दैनौं ।'
उनले राजनितिक दल, आन्दोलनवाट स्थापित शक्ति र विज्ञहरु विच गोलमेच सम्मेलन गरी वर्तमान अवस्थाको निकास दिन आवश्यक भएको वताए । उनले मुलुकमा संसदिय व्यवस्था र नौलो जनवाद विचको व्यवस्था लागु गर्न सकेमात्रै मुलुकमा शान्ति र स्थायित्व कायम हुन सक्ने वताए ।