कांग्रेसका सभापती शुशिल कोइरालाले देशको अवस्था अझै अन्योलग्रस्त रहेको बताएका छन् ।ताप्लेजुङ सदरमुकाममा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न आएका कोइरालाले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए ।
माओवादी अध्यक्ष प्रचण्डलेले हेटौडा महाधिवेशनबाट प्रधानन्यायाधशिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपनि उनीहरुनै निर्वाचनबाट पछि सरेकाले अवस्था अन्योलग्रस्त भएको कोइरालाले बताएका हुन् ।
अन्तर्राष्ट्रिय मापदण्ड हुँदाहुँदै अहिले माओवादीले आममाफी दिनुपर्ने गरी सत्यनिरुपण आयोग बनाउनु पर्ने प्रस्ताव गरेको भन्दै कोइरालाले मधेसी दलले २०६४ सालको नामावली अनुसार निर्वाचन हुनुपर्ने प्रस्ताव गरेर चुनावबाट भाग्न खोजेको बताए ।
एमाओवादीले माओवादी लडाकु सेना समायोजनमा कर्णेल हुनुपर्छ भनेर अर्को बखेडा झिकेको पनि कोइरालाले बताए । उनका अनुसार लडाकुका बिषयमा पहिलानै मापदण्ड निर्धारण भइसकेको छ । यस्तै बखेडा झिके निर्वाचन सम्भव नरहेको पनि कोइरालाले उल्लेख गरे ।