पूर्व युवराज आफैंले पानी खाए, नेपालमा स्वास्थ्यलाभकोलागि पूजा गर्ने क्रम जारी


नेपालमा स्वास्थ्यलाभकोलागि पूजा गर्ने क्रम जारी
वीरगंज
÷हृदयघात भएर थाइल्याण्डको बैंकमा उपचार गराइरहनुभएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा पछिल्लो समयमा उल्लेख्य मात्रामा सुधार भएको समाचार प्राप्त हुन आएको यसैबीच उनको स्वास्थ्य अवस्थामा राम्रो सुधारभएपछि उनलाई भेण्टिलेटरबाट समेत निकालिएको समाचार पनि प्रकाशमा आएका छन् हाल उनको स्वास्थ्य अवस्था क्रमशः सामान्य बन्नेक्रममा रहेको आज उनी आफैंले
पानी समेत खाएको उनका निकटतम पारिवारिक श्रोतबाट थाहा हुन आएको
          यता केही दिन अघि उनी सिकिस्त विरामी भएको खबरले सिंगो देशका करोडौं नागरिकहरू चिन्तित भइरहेको उनीप्रति सहानुभूतिका साथै शीघ्र स्वास्थ्यलाभको कामनासहित देशका विभिन्न ठाउ धार्मिकस्थल, देवस्थलमा गएर पूजा पाठ गरिने क्रमले विस्तार रुप लिएको थियो भने कतिपय ठाउँमा यज्ञ समेत गरिएका समाचारहरू प्रकाशमा आए हाल उनको स्वास्थ्य अवस्थामा सुधार भएको खबरले देशवासीहरू हर्षित भएका छन् भने Çना युवराजलाई पुनः आफूहरू सामु उभिएको हेर्न चाहने आशा सहित देवी देवतालाई पूजापाठ गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन्
          यसैबीच सोमवार वीरगंजस्थित माइस्थान मन्दिरमा फेरी पनि युवराज पारस शाहको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्वलन गरी पूजापाठ गरिएको   नेपाल विद्वत  परिषदको अगुवाईमा गरिएको सो पूजापाठमा हजारौं स्थानीयवासीको सहभागिता रहेको थियो पूर्व निर्धारित कुनै प्रचार प्रसार बिना नै आयोजना गरिएको भएपनि सो पूजापाठ युवराज पारसको स्वास्थ्यलाभकोलागि गरिंदैछ भन्ने थाहापाएपछि स्थानीयहरू स्वःस्फूर्त रुपमा सहभागिता जनाइरहेको देखिएका थिए नेपाल विद्वत,  परिषदका केन्द्रिय सदस्य नरेशराज गिरीको नेतृत्वमा गरिएको सो पूजापाठमा परिषदका केन्द्रिय सदस्य श्रीमति शान्ति केसी, राप्रपा नेपालका रामनारायण शाह, क्राइमचेक सम्पादक सन्तोष मिश्र, प्रतिनिधि राकेश चौरसिया, नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साह, लगायत विभिन्न राष्ट्रवादी संघसंस्थाहरूले सहभागिता जनाएका थिए

क्राइम चेकले युवराज पारस शाहको स्वास्थ्यअवस्थाबारे यसअघि प्रवाह गरेका समाचारहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
http://www.crimechecknews.com/2013/02/blog-post_8179.html


SHARE THIS

Author:

Facebook Comment