सुरुङग मार्ग निर्माणको विषयमा अन्तरकृया


वीरगन्ज,२० फागुनः राजधानी काठमाण्डौंलाई मध्य तराईसँग जोड्ने प्रस्तावित सुरङग मार्गको बारेमा वीरगन्जमा सर्वसाधारण तथा व्यापारीलाई जानकारी दिइएको छ ।
सरकार, निजी क्षेत्र र आम नागरिकको साझेदारीमा अनुमानित २० अर्ब रुपैयाँको लागतमा हेटौंडाबाट कुलेखानी हुँदै काठमाण्डौं जोड्ने सुरुङग मार्ग ४ वर्षभित्र निर्माण गर्ने महत्वकांक्षी योजनासहित पूर्वाधार विकास कम्पनीले  तयारी शुरु गरेको छ । नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशराज जोशीले भौतिक पूर्वाधारको विकासमात्र नभएर आम नागरिकको स्वाभिमानसँग पनि सुरुङग मार्ग निर्माणलाई जोडेर हेरिएको बताउनुभयो ।कम्पनीका उपाध्यक्ष इन्जिनियर लाल केसीले दू्रत मार्गले ढुवानी र यातायातलाई मात्र सहज बनाउने
नभएर समय र यातायात खर्च कटौती गर्दै स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि बलियो बनाउने बताउनुभयो ।हेटौंडादेखि वीरगन्जसम्मको ६२ किलोमिटरको दूरी पुरा गर्न अहिलेको एक घण्टाको तुलनामा सडक फराकिलो पारेर ४५ मिनेटमै पुरा गर्न सकिने प्राविधिकहरुको भनाई छ ।
मध्यतराईलाई राजधानी जोड्ने दूत मार्गको निर्माणले वीरगन्ज क्षेत्रको भविष्य जोडिएकाले वीरगन्जवासीले पनि द्रूतमार्ग निर्माणमा लगानी गर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधले प्रतिबद्धता जनाउनुभयो ।  कार्यक्रममा उद्योगी बाबुलाल अग्रवालले पूर्वाधार विकासका लागी नेपालीकै अगुवाईमा योजना बनाउने काम हुनु गर्वको विषय भएको बताउनुभयो । अन्तरकृया कार्यक्रममा उद्योगी व्यापारी, सर्वसाधारण र सञ्चारकर्मीको सहभागीता रहेको थियो । 

SHARE THIS

Author:

Facebook Comment