वीरगन्ज,२० फागुनः भारतको मुम्बई महानगरमा बाल मजदुरका रुपमा काम गर्न लागी जाँदै गरेका ८ जना बालकलाई उद्धार गरिएको छ । मानव तस्करीमा संलग्न गिरोहले रौतहटको विभिन्न गाविसबाट १३ देखि १५ वर्ष उमेर समूहका बालकलाई जनसाधारण एक्सप्रेस रेलमार्फत् मुम्बई लैजान लागेका बेला सीमावर्ती रक्सौलस्थित रेल स्टेशनबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा रौतहटका बिनोद कुमार दास, महम्मद तबरेज आलम, तपिन्द्र राम, महम्मद तौकिर, अल्लाउद्दिन मियाँ, राजकुमार दास, भरतकुमार साह र बाराका राजेश दास रहेका डेभलपमेन्ट नेपालका कार्यक्रम संयोजक संदीप ठकुरीले जानकारी दिएका छन् ।