क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷ फागुन १९, हृदयघातका कारण थाईल्याण्डको बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका पूर्व युवराज पारस शाहको होस आएको छ ।
अहिले उहाँलाई होसमा आएको र मान्छे चिन्न सक्ने भएको उहाँले उपचार गराइरहेको समितिभेज अस्पतालले जनाएको छ । उहाँको शरीका सब अंगले काम गर्न थालेको पनि अस्पताल शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघिको हरेक विज्ञप्तिमा उहाँको अवस्था स्थिर र गम्भीर बताउने अस्पताले शनिवार निकालेको विज्ञप्तिमा स्थिर र गम्भीर उल्लेख गरेको छैन । उहाँलाई अझै पनि भेन्टिलेटरमा नै राखिएको तर केही बेरकै वहाँको भेन्टिलेटर हटाउने तयारी पनि भइरहेको अस्पतालबाट
उनका निकटतम पारिवारिक श्रोतबाट जानकारी आएको छ ।
गत ८ गते बेलुकी अचानक हृदयघात भएपछि उहाँलाई समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको गंभीर अस्वस्थताको खबरले गंभीर चिन्ता एवं तनावमा डुबेका देशवासी उनी स्वस्थ भएको र हाल उनलाई होस समेत आइसकेको खबरले हार्षित भइरहेका छन् ।
यसअघि पूर्व युवराज विरामी भएकै दिनदेखि देशभरीबाट उनको शीघ्रस्वास्थय लाभको कामना सहित पूजा पाठ गर्ने र देवी देवतालाई भाकल गर्नेहरूको होडबाजी नै चलेको थियो । भने फेसब’क लगायतका सामाजिक सञ्जालहरूमा पनि उनको शीघ्र स्वास्थ्य लाभका कामनासहितको स्टाटस र समाचारले भरिभरिाउ देखिन्थे ।
पूर्व युवराज पारस शाह अस्वस्थ भएदेखि क्राइम चेकले आफ्नो ब्लग र समाचार पत्रिकामा प्रकाशन गरेका समाचारहरू हेर्न तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।
http://www.crimechecknews.com/2013/02/blog-post_6176.html