क्राइमचेक प्रतिनिधि÷
झापा÷गाँजा मुद्दामा आठ महिनादेखि फरार
रहेका एकजना अभियुक्तलाई प्रहरीले पर्साको झकरा मसिहानी गाविसबाट बुधबार बिहान
नियन्त्रणमा लिएको छ । पर्साको भौराटार गाविस ३ निवासी जयनारायण महत्तो नुनियालाई
डोकैला बहुअरी अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक
रामेश्वर सहनीको नेतृत्वमा रहेको टोलीले विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको
हो । जयनाराण महत्तो नुनियालाई पर्सा प्रहरीले गत असार १ गतेदेखि खोजी गर्दै आएको
थियो । महत्तोको निवासमा छापामारी गर्दा
५
क्वीन्टल गाँजा फेला परेपछि प्रहरीले उनीविरुद्ध गाँजा भण्डारण र कारोबार अभियोगमा मुद्दा दर्ता गर्दै खोजी
सूचीमा राखेको थियो । पक्राउ परेका नुनियालाई इलाका प्रहरी कार्यालय पोखरियाको
हिरासतमा राखिएको छ ।
यसैबीच
गएराती मकवानपुर प्रहरीले लागूऔषध कोरेक्ससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ
पर्नेहरुमा हेटौंडा १ बस्ने ३३ वर्षीय बिशाल सिटौला र हेटौंडा ११ का ३१ वर्षीय
गौतम लामा रहेका छन् ।
उनीहरुको
साथबाट प्रहरीले १९ पीस कोरेक्स बरामद गरेको छ । हेटौंडा १० भुटनदेवी मन्दिर नजिकै
ना २२ प ३६०९ नम्बरको मोटरसाइकलमा शंका लागि जेकजाँच गर्दा सो परिमाण्ँको लागूऔषध
बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान
भइरहेको प्रहरीले बताएको छ ।
२०६९ फागुन १७ गते बिहीवार प्रकाशित