क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷पूर्व पश्चिम राजमार्ग अन्तर्गत
हेटौंडा ९ पशुपतिनगरमा बुधवार विहान ट्रिपरबाट खसेर दुई विद्यार्थी गम्भीर घाइते
भएका छन् ।
हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३ ख ३८५८ नम्बरको ट्रिपरबाट खसेर विहान
क्याम्पस जाँदै गरेका दुई युवती घाइते भएका हुन् । घाइते हुनेमा चुरियामाई गाविस ६
बस्ने १८ वर्षीय कविता योन्जन र चुरियामाई ५ बस्ने २०
वर्षीया सम्झना लामा रहेका
छन् । विहान क्याम्पस पढ्न जानका लागेका उनीहरु ट्रिपरको ढोकाबाट सडकमा झरेका थिए
।
दुबैलाई
हेटौंडामा सामान्य उपचारपश्चात भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय
मकवानपुरले जनाएको छ ।
ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले
नियन्त्रणमा लिएको छ ।२०६९ फागुन १७ गते बिहीवार प्रकाशित