पर्बत सेवा समाज इजरायलद्वारा बार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग

काठमाण्डौ डेस्क/
पर्बत जिल्लाको हितको खातिर समर्पित रही इजरायलमा कार्रयरत पर्वतेलीहरुद्वारा स्थापित पर्वत सेवा समाज इजरायलले आफ्नो स्थापना कालको एक वर्ष पुगेको अवसर पारेर जिल्लामा साढे एक लाख रुपैयाँ अार्थिक सहयोग वितरण गरेको छ ।

समाजले जिल्लाको ठुलीपोखरी-५ अर्जिकोट निवासी ६१ वर्षीय टेक बहादुर कुँवर, कुश्मा निवासी एक नरायण कुमालका दुई वर्षिय छोरा र  राम्जा देउराली गाविस वडा नं. ९ निवासी प्रकाश गिरीलाई जनही ५० हजार रुपैयाँको दरले आर्थिक सहयोग प्रदान गरेको समाजकी महासचिव दीपिका भुसालले जानकारी गराउनु भयो ।

भुसालले दिनुभएको जानकारी अनुसार कुँवर पाँच वर्ष अघि रुखबाट लडेर अशक्त हुन पुगेका थिए भने कुमालका दुई वर्षीय छोराको दुबै मृगौलामा समस्या देखिएकोले निजको उपचारमा सहयोग होस् भनेर समाजले सो राशीको सहयोग प्रदान गरेको हो ।

त्यसैगरी प्रकाश गिरी भने जन्मजात हिंड्न र बोल्न नसक्ने, आर्थिक अवस्था दयनिय रहेको र निजका ८० वर्षीय वृद्ध बाबुले स्याहार सुसार गर्दै आएका कारण निजको जिविकोपार्जनमा केही टेवा पुगोस भनेर पर्वत सेवा समाजले सो सहयोग उपलब्ध गराएको महासचिव भुसालले बताउनु भयो ।

समाजले यसअघि पनि नेपालमा भएको दैवी प्रकोप महाभूकम्पको समय लगायत दर्जनौ कार्यक्रममार्फत नेपाली र पर्वतेली दीन दुःखीहरुलाई सहयोग गरेको महासचिव भुसालले स्मरण गराउनु भयो ।

सो सहयोग रकम एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको थियो ।




SHARE THIS

Author:

Facebook Comment