पर्वत शिक्षा कार्यालयका कर्मचारीको कालो कर्तूतको पर्दाफास

महेन्द्र केसी, पर्वत २०७२ चैत १४
 पर्वत जिल्ला शिक्षा कार्यालयका कर्मचारी एकपछि अर्को काण्डमा मुछिदै आएका छन् । कहिले शिक्षक सरुवा गर्दा लाखौ रकम लिने त कहिले आफ्ना श्रीमती र आफन्तलाई शिक्षकमा सरकारी विद्यालयमा भर्ति गरेको विषयले जिल्लामा चर्चा पाउने गरेका अवस्थाामा अहिले अर्को काण्ड सार्वजनिक हुन पुगेको छ ।

जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र कानुनी उल्झन देखाएर निजी विद्यालयहरुमा ज्याजती गर्दै आएका एक अनुसन्धानमा भेटिएको हो । उनिहरुले निजी विद्यालयहरुलाई नियमन गर्ने दवाव देखाएर छोराछोरीलाई निशुल्क रुपमा पढाउँदै आएको रहस्य बाहिर आएपछि उनीहरुको बर्तूतको पर्दापाmस भएको हो ।

जिल्ला शिक्षा कार्यालयका कर्मचारीले यसरी पदीय र कानूनी उल्झन देखाएर आफुहरुलाई दुख दिने गरेका नीजि विद्यालयका संचालकहरुबाट यतिबेला गुनासो आइरहेको छ । कर्मचारीलाई विभिन्न करका नाममा आँफुहरुलाई वार्षिक २ देखी ४ लाख सम्म कर अशुल गर्ने निकायले छोराछोरीहरुलाई विना शुल्क पढाउन दवाव दिएको पर्वतका संस्थागत विद्यालयका संचालकहरुले गुनासो छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले कालिगण्डकी एकेडेमीमा, विद्यालय निरीक्षक झलक शर्माले नमुना आवाशिय माविमा, त्यसै गरी कार्यलयका उपद्धमराज पौडेल र वविता शर्माले राष्ट्रिय वालि शिक्षा सदनमा आफ्ना छोराछोरी निःशुल्क पढाउँदै आएको र नीजि विद्यालयका संचालकलाई आफ्नो प्रभाव र दबाब देखाई पदीय मर्यादा विपरीत काम गरेको रहस्य बाहिर आएको हो ।

निज कर्मचारीहरुले कक्षा नसर्री देखी दश सम्म कुनै पनि शुल्क नतिर्ने गरेको सम्वन्धीत विद्यायहरुले जनाएका छन् । नियममन गर्ने निकायमा जागिर भएका कारण आँफुहरुलाई दबाव दिँदै आएको विद्यालयका संञ्चालकहरुको गुनासो छ । नियमन निकायले नै नियम विपरीत काम गर्दै आएको पर्वत प्याप्सनले बताएको छ । आफुहरु कार्यलयमा पुगेर गुनासो राख्दा समेत कार्यलयले कुनै प्रतिकृया नदिएर सबै कर तिरेर सञ्चालनमा ल्याएका निजी शैक्षिक संस्था प्रति कार्यलय अनुदार बनेको प्याप्सन अध्यक्ष हिमबहादुर पौडेलले बताए । अध्यक्ष पौडेलले कार्यलयका कर्मचारीहरुले पद्धिय दुरुपयोग गर्दै आएको दाबी गरे । राष्ट्रिय बालशिक्षा सदन माविका लेखापाल अच्युत तिवारीले शिक्षा कार्यालयका कर्मचारीका छोराछोरीको कुनै पनि शुल्क नलिने गरेको बताए । आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको शैक्षिक अबस्था के छ त्यसको बारेमा चाँसो नदिने गरेका कारण पनि सामुदायिक विद्यालयको शैक्षिक अबस्था कमजोर हुदै गएको सरोकारवाला निकाय बताउँछन् ।

SHARE THIS

Author:

Facebook Comment