बिरगन्जको ब्यापारी अपहरण पछि फिरौती असुल गर्न ६ जाना पक्राउ

बीरगंज १४ चैत्र  व्यपारीलाई अहपरण गरेर फिरौती रकम असुलेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरी जवान अरविन्द सिंह, वीरगन्जको पानीट्यांकीमा डेरा बस्दै आएका दिपक सिंह र रानीघाटका भगवान सिंहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अरु तीनजनाको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।
 विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले शनिवार राति उनीहरुलाई वीरगन्जबाटै पक्राउ गरेको हो । नगवाका एक किराना व्यपारीलाई अपहरण गरेर चार लाख रुपैयाँ फिरौती असुलेको आरोपमा प्रहरी जवान सिंहसहित ६ जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय पर्सा श्रोतले जनाएको छ ।  छापा मार्ने क्रममा भगवान सिंहको घरबाट चार लाख ७२ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी श्रोतले जनाएको छ । पक्राउ पक्राउ परेका प्रहरी जवान सिंह अहिले सुर्खेतमा कार्यरत छन् । उनी केही समय पहिले जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण शाखामा कार्यरत थिए ।  पक्राउ परेकाहरुबारे आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

SHARE THIS

Author:

Facebook Comment