वीरगंज,१४,चैत्र
अहमदिया संघ नेपालले आफनो सिनियर लिडरहरुको लागि एक दिने रिफ्रेसर कोर्स तालिम सम्पन्न गरेको छ । संघको नेपालमा स्थापित १५ जिल्लाका शाखा प्रमुख सहित प्रतिनिधी सम्मिलत तालिम पर्साको गाबिस प्रसौनी भाठा स्थित मसरुर पब्लिक स्कुलको प्राङ्गनमा सम्पन्न भएको थियो ।
अहमदिया संघ नेपालका केन्द्रिय अध्यक्ष कमरुल होदाको सभापतित्वमा सम्पन्न तालिमलाई अन्र्तराष्ट्रिय अहमदिया संघका व्यवस्थापन प्रमुख ईस्माईल ताहिर र अहमदिया जमात भारतका निर्देशक सोयब अहमदले प्रशिक्षण दिएका थिए । प्रशिक्षण मुख्य रुपमा सवैलाई प्रेम गरौं घृणा कसैलाई नगरौं नारालाई जनमानसमा जागृती गराउदै मानविय सेवा प्रति समरपित कार्यहरु प्रति लक्षित रहेको थियो । प्रशिक्षक ताहिरले मानवले आफनो मानवताको धर्म बिर्सिदै गएकोमा चिन्ता व्यक्त गर्दै व्यक्तिको ईमान नै त्यसको गहना भएको बताउदै मानिसको व्यवहार ठिक नभए ईमान पनि ठिक नहुने धारणा राख्दै मानिसमा एक अर्कामा ईन्सानियत भए समाज र राष्ट्रमा शान्ति संगै बिकास पनि हुने बताएका थिए ।संघले नेपाल लगायत बिश्वभरी बिशुद्ध धार्मिक एवं आध्यत्मिक जमातको काम गर्दै आएको बताउनु भयो । एक दिने रिफ्रेशर तालिममा संघ नेपालका राष्ट्रिय उपाध्यक्ष महम्द ईस्माईल,आर्थिक बिभाग प्रमुख मिर अब्दुल हफिज, अन्नसारुलाह नेपालका अध्यक्ष पिर महम्द, सर्कल ईन्र्चाज महम्द हासिम,मेसेनरी ईन्र्चाज मोइन अहम्द लगायतको सहभागिता रहेको थियो । यसैबिच अहमदिया संघ नेपालले हिजो भव्यताका साथ आफनो तेस्रो राष्ट्रिय जलशा प्रसौनीमा सम्पन्न गरेको थियो । सो जलशामा नेपाल लगायत भारत,बङ्गलादेश र पाकिस्तानका अहमदिया जमातका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो जलशामा ताहिर जदिद भारतका अध्यक्ष एवं अहमदिया जमातका अन्र्तराष्ट्रिय बरिष्ठ लिडर जलालुदिन नैयरको बिशेष उपस्थितीमा सम्पन्न भएको थियो ।