रामगोपालपुर पूर्ण सिँचित क्षेत्र घोषणा

महोत्तरी, चैत १५ गते ।
 सिँचाई मन्त्री उमेश कुमार यादवले आज (सोमवार) महोत्तरीका रामगोपालपुरलाई पूर्ण सिँचित क्षेत्र घोषणा गर्नुभएको छ । हरेक किसानको हरेक खेतमा पानी पुर्याउने लक्ष्यका साथ उहाँले यो कार्यक्रम घोषणा गर्नुभएको हो । कुनै पनि किसान सिँचाईबाट बन्चित रहनु हुँदैन, पानी कहाँ पुगेको छैन, त्यसको अध्ययन गरि सम्पूर्ण ठाउँमा पुर्याउनुपर्ने सांसद लालेन्द्र मण्डलले बताउनु भयो ।
सप्तरीदेखि पर्सासम्मलाई पूर्ण सिँचित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ । यो घोषणाका लागि मात्र घोषणा होइन, यसलाई सफल पार्नका लागि मन्त्रालयले विभिन्न योजना पनि ल्याइएको मन्त्री यादवले जानकारी गराउनु भयो । रामगोपालपुरमा स्यालो ट्युवेल, डिप बोर्डिगं, पोखरी, इनारलगायत अन्य के के स्रोतबाट सिँचाई योजना पुर्याउने ती सबै कार्य मन्त्रालयले गर्न तयार रहेको उहाँले घोषणा गर्नुभयो । यहाँका लागि दुईसय स्यालो ट्युवेल चाहिने ठाउँमा पचासबटा स्यालो ट्युवेल तयारी अवस्थामा रहेको छ अरु पनि व्यवस्था गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । डिप बोर्डिगंको पनि माग आएको छ त्यो पनि प्रकृया पुर्याएर तत्कालै पुरा गर्ने घोषणा गर्नुभयो ।
खेतीयोग्य जमिन प्रयाप्त भएपनि सिँचाईको व्यवस्था नभएको कारण भोकमरीको अवस्था रहेको बताउँदै मन्त्री यादवले ८० प्रतिशत किसान यो देशमा भएपनि २० अर्वको खद्यान्न निर्यान्त गर्न बाध्य भएको बताउनु भयो । यस्तो हुनुको कारण सिँचाई नै हो । किसानको खेतखेतमा सिँचाईको व्यवस्था पुग्यो भने नेपालका किसान अर्थात जनता कृषिमा आत्मनिर्भर हुने मन्त्री यादवले बताउनु भयो । वैज्ञानिक तथा व्यवसायीक कृषिको कुरा गरेर मात्र हुँदैन, त्यसका लागि किसानको हात हातमा सिँचाई पुग्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
चुरै विनाशका कारण तराई मधेशका नदी, नाला, पोखरी, इनार सुक्दै गइरहेको उल्लेख गर्दै उहाँले चुरे संरक्षणमा विशेष जोड दिनुभयो । उहाँले रामगोपालपुर सिँचित क्षेत्र घोषणा भइसकेपछि त्यसलाई कार्यान्वयनमा विशेष जोड दिन सम्बन्धित निकायले मञ्चबाट नै निर्देशन दिनुभयो । सिँचाईका लागि के के चाहिन्छ ती सबै साधन स्रोत रामगोपालपुरमा केन्द्रीत गर्न सिँचाई डिभिजन कार्यालयलाई निर्देशन दिनुभयो ।
विभिन्न नदी तथा आयोजनाको अनुगमन


SHARE THIS

Author:

Facebook Comment